कोरोना कहरमै पनि ‘गाईजात्रा विशेष कार्यक्रम’ हुने

म्यूजिक खबर
प्रकाशित: ३० असार २०७७, मंगलवार

काठमाडौं । कोरोना भाइरसले महामारीको रुप लिइरहेका बेला गाईजात्रे* कार्यक्रम हुने भएको छ । १५ साउनदेखि हुने ‘गाईजात्रा विशेष कार्यक्रम’ ले संत्रासमा रहेका नेपालीलाई मनोरञ्जन प्रदान गर्ने आयोजकले जनाएको छ । सांस्कृतिक पर्वको रुपमा रहेको गाईजात्राको अवसर पारेर ब्राण्डवर्थ प्रालिले कार्यक्रम आयोजना गरेको हो ।

कार्यक्रमलाई विभिन्न टेलिभिजन तथा डिजिटल प्लेटफर्ममार्फत सार्वजनिक गरिने जनाइएको छ । *कोरोनासम्बन्धी सरकारले बनाएको मापदण्डभित्र रहेर कार्यक्रम गरिने ‘गाईजात्रा विशेष कार्यक्रम’ डिजिटल माध्यमबाट बाहिर ल्याउन लागेको आयोजक ब्राण्डवर्थका प्रमुख कार्यकारी निर्देशक मोहन गजुरेलले बताए । आममानिसमा देखापरेको मनोसामाजिक प्रभावलाई क मगर्ने लक्ष्यका साथ कार्यक्रम गर्न लागिएको हाँस्यकलाकार मनोज गजुरेलले बताए । उनले भने, ‘कार्यक्रमको सुटिङ भइसकेको छ ।

१५ साउनबाट एक सातासम्म प्रसारण गरिनेछ ।’ सो कार्यक्रममा मनोज गजुरेल, चट्याङ मास्टर, अर्जुन पराजुली, शैलेन्द्र सिंखडा, लक्ष्मण गाम्नागे, यमन श्रेष्ठ, पशुपति शर्मा, सिताराम कट्टेल ‘धुर्मुस’, कुञ्जना घिमिरे, ‘सुन्तली’ राजा राजेन्द्र, सुरेन्द्र केसी, जोगिन्दर पानवाला, सुबोध गौतम, दिनेश काफ्ले, सुमन कार्की, दीपक आचार्य ‘काकु’, रवी डंगोल, पुर्ण थापा, बबिता बानियाँ ‘जेरी’, सुनिता गौतम ‘मुईया’, सन्देश लामिछाने ‘बट्टारे’, रुबिना अधिकारी, अर्जुन दहाल, भरतमणी पौडेल, टेकबहादुर कोइराला, रत्नावली शर्मा, कमेडी च्याम्पियन हिमेश पन्त, दले दाई, खबपु, मेक्सम गौडेल, सुमन कार्की लगायतको प्रस्तुति रहनेछ ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु