अभिनेता गजितलाई महानगरको सम्मान

म्यूजिक खबर
प्रकाशित: २७ चैत्र २०७८, आईतवार
Gajit Bista honor

काठमाडौं । अभिनेता गजित विष्ट विराटनगर महानगरपालिकाबाट सम्मानित भएका छन् । विराटनगर महानगरपालिकाको साँस्कृतिक सल्लाहकार समेत रहेका उनलाई महानगरपालिकाले नेपाली चलचित्र, गीत संगीतको श्रीबृद्धिमा खेलको भूमिकाको मुल्याङकन गर्दै सम्मान गरेको हो ।

विराटनगर महानगरपालिकाका नगर प्रमुख भीम पराजुलीले आफ्नो कार्यकक्षमा आयोजित एक समारोहका बीच विष्टलाई खादा र फूलमालासहित सम्मान पत्र प्रदान गरे । विष्ट लामो समयदेखि चलचित्र निर्माण, अभिनय र मोडलिङमा क्रियाशिल रहँदै आएका छन् ।

सम्मानले कलाकारितामा अझ सशक्त रुपमा अगाडि बढ्न हौसला दिएको विष्टले बताए । विष्ट नयाँ चलचित्र निर्माणको तयारीमा समेत रहेका छन् । एक दर्जन बढी चलचित्रमा अभिनय गरिसकेका उनले ‘लभ यू बाबा’ र ‘हैरान’ गरी दुई चलचित्रको निर्माण पनि गरेका छन् ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु