‘लुकीछिपी किन मायामा’ सार्वजनिक (भिडियो सहित)

म्यूजिक खबर
प्रकाशित: ५ जेष्ठ २०७६, आईतवार

गणेश सेन्चुरीको शब्द, सङ्गीत तथा स्वर रहेको ‘लुकीछिपी किन मायामा’ बोलको नयाँ गीत सार्वजनिक भएको छ ।‘बुलबुल’चलचित्रका नायक मुकुन भुसाल उर्फ ‘चोपेन्द्र’ले अभिनय गरेको हेर्न सकिन्छ ।नवीन चौहानले निर्देशन गरेको गीतको भिडियोमा मुकुन र सुरबिनासँगै मनिष तामाङ तथा अनु काफ्ले फिचर्ड छन् । भिडियोमालाई निशल पौडेलको छायाँकन र भीम विश्वकर्माको सम्पादन रहेको छ ।उक्त गीतमा कोबिद बज्रको म्युजिक एरेन्ज, मिक्सिङ र मास्टरिङ छ भने सार्दुल श्रेष्ठको साउन्ड इन्जिनियरिङको काम गरेका छन् । भिडियोमा संजीब रत्न शाक्यले रंग संयोजन गरेका छन् । भिडियोलाई आर्टमान्टु नेपालले निर्माण गरेको हो ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु