गीत संगीत मेरो प्राण हो, संगीत मुटुको हरेक धड्कनमा छः गंगा प्रसाद घिमिरे

म्यूजिक खबर
प्रकाशित: १३ श्रावण २०७८, बुधबार
Ganga

काठमाडौँ । हरेक नेपालीको मन मुटुमा बस्न सक्ने गीतहरु गाएर लाखौँ संगीतप्रेमी दर्शक श्रोताहरुको प्रिय बनेका गायक हुन् गंगा प्रसाद घिमिरे । विभिन्न कार्यक्रमहरुमा व्यस्तता बढाउदै गएका गायक घिमिरेले नेपाल भित्र मात्र नभएर बिदेशमा समेत आफ्नो ख्याति बढाएका छन् । गायक गंगा प्रसाद घिमिरे लामो समयदेखि नर्वेमा रहेर सांगीतिक क्षेत्रमा सक्रिय रहँदै आएका छन्। विदेशमा रहेर पनि उनले एक पछि अर्को गदै गीतहरु बजारमा ल्याएर गायनलाई निरन्तरता दिइरहेका छन् ।

उनले स्वर दिएका गीतहरु संगीतप्रेमी नेपाली दर्शक श्रोता माझ त्यतिकै लोकप्रिय पनि बनिरहेका छन् । ‘पुर्बेली मायाले, बिन्दास जिउने हो, मारुनी, माया हौ, सिरफुल’ जस्ता हिट गीत गाएर सांगीतिक दुनियाँमा परिचय बनाइसकेका छन् । दर्जनौ कार्यक्रममा लाखौं संगीतप्रेमी दर्शकहरुलाई मनोरञ्जन दिएर राम्रो आम्दानीको श्रोत बनाएका उनी गीति क्षेत्रलाई निरन्तरता दिने बताउँछन् ।
मोरङ पथरी शनिश्चरे–३ का स्थायी बासिन्दा उनी लामो समयदेखि निरन्तर नेपाली सुगम संगीतमा साधना गर्दै आफुलाई सांगीतिक क्षेत्रमा स्थापित बनाउन सफल रही निरन्तर चर्चामा नै रहेकाछन् । सधै ब्यस्त रहने गायक गंगा प्रसाद घिमिरेलाई आजकल पुर्बेली भाकाको किङ पनि भनेर चिनिन्छ। सरल स्वभावका सधै हासेर बोल्ने मिठो सुमधुर आवाजको धनि गायक गंगा प्रसाद घिमिरेले दर्जनौ राष्ट्रिय सांगीतिक अवार्ड र सम्मान समेत पाइसकेका छन् ।

नेपाली आधुनिक गीत, गजल, लोकपप तथा पुर्बेली गीतहरु सबै क्षेत्रमा उनको मिठो आवाज सुन्न सकिन्छ यस अर्थ पनि उनलाई एक बहु प्रतिभाशाली, भर्सलटाइल गायक भन्न सकिन्छ, साच्चै उनीमा हर प्रकारको गीत गाउन सक्ने क्षमता छ त्यसैले त उनि भन्छन गित संगीत मेरो प्राण हो, संगीत मेरो रगतमा छ र मेरो हरेक धड्कनमा छ ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु