• प्रशंसाको न्यायका लागि हस्पिटलमा धर्ना – पीडितलाई कलाकारहरुको साथ, राज्य मौन

    म्यूजिक खबर
    प्रकाशित: १८ फाल्गुन २०७९, बिहीबार

    काठमाडौँ । गीतकार तथा संगीतकार गौरब दर्पण (गौतम) यतिबेला पुत्री शोकमा छन् । २८ महिने दुधे छोरी प्रशंसा गौतमको मृत्युको शोक बोकिरहेका छन् ।
    डाक्टरको चरम लापरबाहीका कारण छोरीको निधनको भएको बताउँदै परिवार, आफन्त, कलाकार, पत्रकारहरु सहित गौतम आन्दोलनमा छन् ।
    नक्सालस्थित हिमाल हस्पिटल विरुद्ध आन्दोलनमा उत्रिएका हुन् ।

    आन्दोलनमा शुरुवातदेखि नै राष्ट्रिय स्तरका कलाकारहरुले समेत सहभागीता जनाउँदै आएका छन् ।

    मृतक बालिका प्रंशसाका बुबा गौरब दर्पण, आमा गंगा गौतमसहित संघर्ष समितिको टोलीले आज (बिहीबार) पनि हस्पिटल अगाडि धर्ना गरेको हो । हिमाल अस्पतालको आकस्मिकबाहेकका सबै सेवा प्रभावित भएको छ ।

    सो क्रममा उनीहरूले ‘प्रशंसालाई न्याय दे’, ‘सम्पत्ती बेचेर होइन, दिमाग बेचेर डाक्टर बनौं’, ‘मान्छे मार्न पाईंदैन, जयदेब यादब चाहिंदैन’, ‘जयदेबको लाइसेन्स खारेज गर’, ‘हत्यारालाई कारबाहि गर’ ‘हिमाल हस्पिटल मुर्दाबाद’, ‘पीडितलाई दबाउन पाइँदैन’, ‘डा.जयदेव यादव को लाईसेन जाँच गर’, ‘सम्बन्धित चिकित्सक र अस्पताल जवाफदेहि बन’ लगायतका नारा लगाएका थिए ।

    प्रशंसाको उपचार गर्न भनि खटिएका जयदेब यादबको चरम लापरबाहिले छोरीको मृत्यु हुन पुगेको भन्दै आक्रोशित मृतकका आफन्तले उचित क्षतिपूर्ति र न्युरो अस्पतालमा लागेको उपचारको खर्च व्यहोर्नुपर्ने माग गरेको छ ।

    गत माघ २३ गते सामान्य रुघाखोकी र ज्वरो आएकी बालिका प्रशंसालाई बुबा गङ्गा गौतमले उपचारका लागि सो अस्पताल र्पुयाएका थिए ।
    तर सो अस्पतालमा कार्यरत डा. यादवले कुनै परीक्षण नगराई औषधि दिएको र बिरामी शिथिल भएपछि कान्ति बाल अस्पतालमा रिफर गर्दा पनि सो लेटरमा चिकित्सकको हस्ताक्षर पनि नगरेर लापरबाही गरेकाले छोरीको ज्यान गएको पीडित पक्षको आरोप छ ।

    गत फागुन ८ गते नेपाल मेडिकल काउन्सिल, नेपाल मेडिकल एसोसिएसन, जिल्ला प्रशासन कार्यालय, काठमाडौं, प्रहरी परिसर टेकुमा पनि उजुरी दिइएको मृतकका पिताले बताए । त्यसको बोधार्थ हिमाल अस्पताललाई पनि दिइएको उनले जानकारी गराए ।

    प्रशंसाको १३ औं पुण्यतिथि सकिएपछि पीडित पक्षले सो अस्पताल परिसरमै धर्ना दिन सुरु गरेका हुन् । न्यायका लागि अब अदालत पनि जाने निर्णय लिएको मृतकका पिता गौतमले हामीलाई बताए ।
    न्यायको अनुभूत नहोइन्जेल ११ बजे विहान हस्पिटल परिसरमा भेला भई आन्दोलन र धर्ना गरिने छ ।

    फेसबुक प्रतिक्रिया
    सम्बन्धित शीर्षकहरु