गजल गीत ‘बेचेर सपना’को सफलता : युट्युबमा ट्रेण्डिङ, टिकटकमा चर्चा

म्यूजिक खबर
प्रकाशित: १८ बैशाख २०७९, आईतवार

काठमाडौं । पछिल्लो समय लोकलयमा आधारित गीतहरुले दर्शक श्रोताको प्राथमिकतामा पर्ने गरेका छन् । गजल तथा शास्त्रिय गीतहरु निकै न्यून संख्यामा सार्वजनिक हुने गरेका छन्, भएका यस्ता गीतले चर्चा र भ्यूज उत्साहप्रद रुपले कमाउन सकेका हुँदैनन् । तर गायक तथा संगीतकार थानेश्वर गौतमको नयाँ गजल गीत ‘बेचेर सपना’ सार्वजनिक भएसँगै चर्चामा छ ।

सारङ्गीसँग थानेश्वर गौतमको संघर्ष, रुचाइयो उनको सिर्जना

कवि तथा गजलकार श्रीभक्त पौडेल आफन्तले रचना गरेका गजल गीत छबेचेर सपना’ रिलिज भएको आठौं दिनमै संगीततर्फ नेपालको तेस्रो टे«न्डिङमा पर्न सफल भएको छ । गायक तथा संगीतकार थानेश्वर गौतमको स्वर तथा संगीतमा रहेको ‘बेचेर सपना’ गएको शुक्रबार बैशाख ९ मा रिलिज भएको हो । जननी नेपाल युट्यूव च्यानलबाट सार्वजनिक गरिएको गजल पहिलो दिनमै ट्रेण्डिङमा आउन सफल भएको थियो ।

बेचेर सपना गजल गीतमा नायक तथा मोडल पुष्प खड्का र मोडल स्मारिका ढकाल, कृष्णप्रसाद रेग्मी र सुशीला थापाको मुख्य अभिनय रहेको छ ।

पौडेलको शब्दलाई गायक गौतम आफैले संगीत भरेका हुन् भने संगीत संयोजन विनोद बाजुरालीले गरेका छन् । रामजी लामिछानेले निर्देशन गरेका गजल गीतको सम्पादन बान्डे प्रसाद र गीतको उत्पादकमा विष्णुप्रसाद कँडेल रहेका छन् ।

यो समाचार तयार पारिरहेको समय –आइतबार दिउँसोसम्म ५ लाख ३२ हजार बढी दर्शकले गीतको भिडियो हेरेका छन् भने २ हजार बढीले गीतको बारेमा प्रतिक्रिया दिएका छन् । गीतको शब्द, संगीत, गायकी उत्कृष्ट रहेको भन्दै दर्शकद्वारा अत्याधिक मन पराइएका कमेन्टहरु युट्युबमा देख्न सकिन्छ । गीतको भिडियोको पनि उतिकै तारिफ गरिएको छ ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु