‘भन को थियो ?’ मा जीबी चिरन र अस्मिता जुरेली

म्यूजिक खबर
प्रकाशित: १४ बैशाख २०७९, बुधबार

काठमाडौं । गायक केशव भावुकको सुमधुर स्वरमा सजिएको गजल गीत ‘भन को थियो ?’ को म्युजिक भिडियो सार्वजनिक भएको छ । गीतमा शब्द गीतकार नमिता दवाडीको रहेको छ । हरि लम्सालले सङ्गीतवद्ध गरेको यस गीतलाई उदयराज पौडेलले सङ्गीत संयोजन गरेका हुन्।

दीपक गिरीले छायाङ्कन गरेका यस भिडियोलाई विकास दाहालले सम्पादन गरेका हुन्। म्युजिक भिडियोमा जीबी चिरन र अस्मिता जुरेलीले अभिनय गरेका छन् । सशान कंडेलको निर्देशनमा भिडियो तयार पारिएको हो ।

‘दैलो खोलिदियौ आधा रातमा आउने भन को थियो रु, को थियो रु’, ‘वाचा बन्धन यता थियो सँगै बाँच्ने, सँगै मर्ने’, ‘म चितामा जलिरहेँ सोधिरह्यो आगोले निर्मोही सोधीरह्यो आगोले’ लगायत बोलका गीत म्युजिक भिडियोमा समावेश गरिएको छ ।

गीतकार दवाडीको युट्युव च्यानल ‘नमिता दवाडी’मार्फत् भिडियो सार्वजनिक भएको छ । निर्माण समूहले नयाँ म्युजिक भिडियोलाई हेरेर एवं सुनेर प्रतिक्रिया दिन सबै दर्शक, स्रोतालाई आग्रह गरेको छ ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु