गीति लेखनबाट गीताले कमाइन् पचास हजार बढी

म्यूजिक खबर
प्रकाशित: २७ पुष २०७८, मंगलवार

काठमाडौं । पत्रकारिता जगतमा राम्रो चर्चा कमाएकी गीता अधिकारीले पछिल्लो समयमा गीति लेखनमा उतिकै चर्चा र माया बटुल्दैछिन् । यतिबेला गीतिलेखन मार्फत नै उनले पचास हजार बढीको माया पाएकी छिन् । गीताले लेखेको गीत ‘श्वास फेरि’ ले युट्युवमा पचास हजार भिउज क्रस गरेको छ । अर्गानिक भिउज भएकाले यो भिउजमा आफू खुसी भएको र गीत हेर्ने सुन्नेहरुले राम्रो प्रतिक्रिया दिएकाले निकै खुशी भएको गीताले बताइन् ।

उक्त गीतमा योगेश काजीको संगीत, स्वर तथा एरेञ्ज रहेको छ ।
सार्वजनिक गीतको भिडियोमा राजन बैश्य, रितिका सापकोटा, मना महर्जन र सीएस साउँदको अभिनय रहेको छ । सुनिता बस्नेतको कोरियोग्राफी रहेको गीतलाई यम बहादुर चौधरीले छायांकन गरेका थिए । गीतका निर्देशक सल्लाहकार राजु गिरी हुन् ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु