एसईई दिएर बसेकाहरुलाई लक्षित गर्दै ‘ग्लोबल स्टार’

म्यूजिक खबर
प्रकाशित: १४ चैत्र २०७५, बिहीबार

काठमाडौं । एसईई दिएर बसेका विद्यार्थीहरुलाई लक्षित गर्दै प्याजेन्ट नेपालको आयोजनामा ‘मिस्टर एण्ड मिस एसईई ग्लोवल स्टार– २०१९’ हुने भएको छ ।
एसईई दिएर बसेका विद्यार्थीहरुको खाली समयलाई सदुपयोग गर्दै उनीहरुको क्षमतालाइ अभिबृद्दि गरी समाजमा सकारात्मक सन्देश फैलाउने उद्देश्यले यो कार्यक्रमको आयोजना हुन लागेको जानकारी प्याजेन्ट नेपालका प्रबन्ध निर्देशक तथा चर्चित फेशन डिजाईनर ममथा बस्नेतले जानकारी दिईन ।

काठमाडौको बानेश्वरस्थित अर्याल ईन्टरनेसनल होटेलमा चैत्र २३ र ३० गते अडिसन लिने जनाइएको छ । सौन्दर्य प्रतियोगिता मार्फत निखारिएर मोडलिङ क्षेत्रमा प्रवेश गर्ने चाहना भएका तर उचित अवसरबाट वन्चित र एसईई दिएर वसेका परिक्षार्थीहरुलाई लोकप्रिय सेलिब्रेटी, फेशन डिजाईनर तथा कोरियोग्राफरहरुको निर्णायक मण्डलबाट छनौट गरी करिव २ महिना लामो विशेष प्रशिक्षण पश्चात अन्तिम प्रतिस्पर्धा गराइने छ ।



छनौट हुने प्रतियोगिहरुलाई पच्चीस दिन लामो विशेष प्रशिक्षण प्रदान गरिने छ । जसमा नेपालका ख्याति प्राप्त ट्रेनर, कोरियोग्राफर बाट प्रतिस्पर्धिहरुलाई सञ्चार दक्षता, एमसिइङ, पब्लिक स्पिकिङ, व्यक्तित्व विकासको क्लास,आत्मविश्वास अभिवृद्धि गराउने क्लास, मोटिभेसनल क्लास तथा व्यक्तित्व विकास सम्बन्धि विविध विषयमा प्रशिक्षण प्रदान गरिने छ ।

प्रतियोगितामा भाग लिने सम्पूर्ण प्रतियोगीहरुलाई एक वर्षको निम्ति नगद रु एक लाखसम्मको जीवन बिमा निश्चित गरिनुको साथै प्रतियोगिताको उत्कृष्ट ४ प्रतियोगिले ‘बैंकक ईन्टरनेशनल फेशन शो’ मा सहभागि हुन पाउनेछन । नेपालको ख्यातिप्राप्त विभिन्न शैक्षिक संस्थाहरुबाट प्रतियोगिताका विजेताले पूर्ण छात्रवृत्ति तथा सहभागी अन्यले आंशिक छात्रवृत्ति प्राप्त गर्नेछन भने अन्य विभिन्न गिफ्ट ह्याम्परहरु समेत प्रदान गरिने कार्यक्रमको कोअर्डिनेटर मोडल सुनिल श्रेष्ठले बताए ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु