• दुई गीतको कृतीमानी ! ग्लोबल ट्रेण्डिङमा – ‘कश्मिरे पछ्यौरी’ र ‘रुकुम मैकोट’

    म्यूजिक खबर
    प्रकाशित: ७ आश्विन २०८१, सोमबार

    काठमाडौं । नेपाली फिल्म ‘खुस्मा’को गीत ‘रुकुम मैकोट’ युट्युवको ग्लोबल ट्रेन्डिङमा समावेश भएको छ । युट्युवको ‘विश्वभर हेरिएका शीर्ष १०० म्युजिक भिडियो’मा यो गीत ७३ औं स्थानमा छ ।

    ‘कश्मिरे पछ्यौरी’पछि ‘रुकुम मैकोट’ युट्युवको ग्लोबल ट्रेन्डिङ पर्ने दोस्रो नेपाली गीत हो । ग्लोबल ट्रेन्डिङमा पर्ने नेपाली फिल्मको पहिलो गीत हो ।

    युट्युवले पछिल्लो साता विश्वभर आफ्नो प्लाटफर्ममा धेरै ट्रेन्डिङ हुने सांगीतिक भिडियोको सूची अपडेट गरेको हो । अगस्ट २५ मा केन्द्र मोसन पिक्चर्सको युट्युव च्यानलमा रिलिज भएको यो गीत युट्युवको नेपाल ट्रेन्डिङमा संगीत तर्फबाट पहिलो स्थानमा छ ।

    एसडी योगीद्वारा संगीतबद्ध गीत गतसातादेखि नेपाली हलमा रिलिज भएको फिल्म ‘खुस्मा’ मा समावेश छ । लोकलय र मनछुने शब्दको कारण यो गीत टिकटकमा पनि भाइरल बनिरहेको छ । धीरज मगर र उपासनासिंह ठकुरी फिचर्ड भिडियोलाई अहिलेसम्म १ करोड ४४ लाख बढी पटक हेरिएको छ ।

    युट्युवले आइतबार अपडेट गरेको सूचीमा ‘कश्मिरे पछ्यौरी’ ८२ औं स्थानमा स्ट्रिमिङ भैरहेको छ । बाबुकृष्ण परियार र दीपिका बयम्बुको स्वरमा रहेको ‘कश्मीरे पछ्यौरी’ युट्युबको ग्लोबल ट्रेन्डिङमा उकालो लाग्ने क्रममा छ ।
    यो समाचार तयार पार्दासम्म गीतलाई २ करोड ६३ लाख भन्दा बढी पटक हेरिएको छ । सात महिनाअघि रिलिज भएको यो गीत अहिले आएर एकाएक ग्लोबल ट्रेन्डिङमा देखापरेको हो ।

    फेसबुक प्रतिक्रिया
    सम्बन्धित शीर्षकहरु