‘गोजीमा दाम छैन’ को सफलतासँगै राजनले पाए ५० हजार !

म्यूजिक खबर
प्रकाशित: १३ कार्तिक २०७५, मंगलवार

चलचित्र ‘चङ्गाचेट’मा समावेश ‘गोजीमा दाम छैन’ बोलको गीत अहिले सर्वाधिक हिट छ । गीतले युटुबमा डेढ करोड भ्यूज पाएको सुखद अवसरमा आज काठमाण्डौमा केक काट्दै सेलिव्रेशन गरिएको छ ।

कार्यक्रममा चलचित्रका मुख्य कलाकारद्धय परमिता आर एल राणा र सुरक्षा पन्तको साथमा निर्देशक दीपेन्द्र के खनाल, निर्माताद्धय माधव वाग्ले र शर्मिला पाण्डे, संगीतकार राजनराज सिवाकोटी लगायतले केक काटे ।

गीतको सफलता पछि आयोजित उक्त कार्यक्रममा गीतका संगीतकार एवं गायक राजनराज शिवाकोटीलाई ५० हजार प्रदान गरिएको थियो ।
हरिहरको तिमिल्सिनाको शब्द रहेको गीतमा राजनसँगै मेलिना राई र गृष्मा शिवाकोटीको स्वर रहेको छ ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु