• Music Khabar Music Awards
  • वीरगञ्जमा सुरु भयो ‘नेपाली चलचित्र स्वर्णिम महोत्सव’

    म्यूजिक खवर
    प्रकाशित: २१ कार्तिक २०७६, बिहीबार

    बीरगञ्ज । चलचित्र निर्माता संघले आयोजना गरेको ‘नेपाली चलचित्र स्वर्णिम महोत्सव’ आजदेखि सुरु भएको छ । राष्ट्रपति विद्यादेवी भण्डारीले महोत्सवको उद्घाटन गरेकी छन् ।

    महोत्सव उद्घाटनअघि चलचित्र कलाकारहरु प्रभातफेरिमा सहभागी भएका थिए । बीरगञ्जको घण्टाघरबाट सुरु भएको प्रभातफेरि रंगशालासम्म पुगर टुंगिएको थियो ।

    चलचित्र क्षेत्रको विकास र प्रवर्द्धनको लागि महोत्सव आयोजना गरिएको निर्माता संघले जनाएको छ । महोत्सवमा सहभागी हुन बलिउड अभिनेता गोविन्दा पनि नेपाल आएका छन् । नेपालका पनि पूरानो पुस्तादेखि नयाँ पुस्तासम्मका कलाकारहरु स्वर्णिम चलचित्र महोत्सव मनाउन वीरगन्जमा जम्मा भएका छन् ।

    चलचित्र निर्माता संघका अध्यक्ष आकाश अधिकारीले कार्यक्रम भव्य हुने विश्वास व्यक्त गरे । उनले भने, ‘जुन किसिमको कलाकर्मीहरुको उपस्थिति रहेको छ त्यो साच्चिकै उत्साहजनक नै छ भने स्थानीयहरुको पनि ठूलो सहयोग मिलेको कारण हामी सफल भएका छौं ।’

    फेसबुक प्रतिक्रिया
    सम्बन्धित शीर्षकहरु