चैत २० देखि ‘गुड फ्रेण्ड’

म्यूजिक खबर
प्रकाशित: १९ चैत्र २०७७, बिहीबार

काठमाडौं । कोरोना कहरले झण्डै एक वर्षपछि सिनेमा हलमा नयाँ चलचित्र प्रदर्शन हुन थालेका छन् । यसैमेसोमा २० चैतबाट देशव्यापी रुपमा चलचित्र ‘गुड फ्रेण्ड’ प्रदर्शन हुने भएको छ । प्रेमकथामा आधारित द्वन्द्वप्रधान यस चलचित्रमा पम्फा बर्मा, फारुबी बर्मा निर्माता रहेका छन् ।

बिजि बर्मा फिल्मस् प्रालिको लागि वसन्त बर्मा प्रस्तुतकर्ता रहेको ‘गुड फ्रेण्ड’ मा अभिनेता मुकेश ढकाल, अभिनेत्री सविना कार्की, एलबी कटुवाल, वसन्त बर्मा, राजन महर्जन, पुजा महर्जन, राज सिंह लगायतका कलाकारको अभिनय छ ।

चलचित्रमा प्रदीप खड्काको द्वन्द्व, ध्रुब बिश्को संगीत, नृत्य अजय स्याङतान, राजन महर्जन, निर्देशन राजबहादुर साने, छायांकन केशव अधिकारी, सरोज महर्जनको रहेको छ ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु