फाल्गनु १ गते देखि बन्द हुने भयो २०५२ साल देखि संचालनमा आएको ‘गोपी कृष्ण मुभिज्’

म्यूजिक खबर
प्रकाशित: २६ माघ २०८०, शुक्रबार

काठमाडौँ। आगामी फागुन १ गतेदेखि गोपी कृष्ण बन्द हल हुने भएको छ । हलका प्रबन्ध निर्देशक निरक पौडेलद्वारा प्रेस विज्ञप्ति सार्वजनिक गर्दै हल बन्द गरिने जानकारी गराइएको हो । प्रस विज्ञप्तीमा कोरोनाकालका कारण आएको व्यवसायिक मन्दीका कारण कम्पनीले व्यहोर्नु परेको ठूलो आर्थिक घाटा तथा राज्यको विद्यमान कर प्रणलीले गर्दा हल बन्द गर्ने अवस्थामा पुगेको जनाइएको छ ।
जारी विज्ञप्तिमा लेखिएको छ,’२०५२ साल देखि संचालनमा आएको गोपी कृष्ण मुभिज् प्रा. लि.चावहिल २०८० साल फाल्गनु १ गते देखि बन्द हुने व्यहोरा दुःखका साथ जानकारी गराउदछौं ।’

विज्ञप्तिमा चलचित्र निर्माण, प्रदशन तथा वितरणमा देशको अग्रणी स्थानमा रही विगत पाँच दशकदेखि सक्रिय रहेको व्यवसायलाई बन्द गर्नुको पीडा ब्यक्त गर्न नसकिने उल्लेख गर्दै सबैबाट प्राप्त सहयोग, सद्भाव तथा आत्मीयताका लागि दर्शकवृन्द, चलचित्र निर्माता, वितरक, प्रदर्शक तथा चलचित्र क्षेत्रका सबै संघ संस्थाहरु, सरकारी निकायहरु प्रति हार्दिक आभार तथा धन्यवाद पनि व्यक्त गरिएको छ ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु