चलचित्र ‘गोर्खे’ को गीतमा भुषणको आवाज

म्यूजिक खबर
प्रकाशित: ११ आश्विन २०७६, शनिबार

काठमाडौं । कोजु ईन्टरटेन्टमेनको ब्यानरमा निर्माण भएको चलचित्र ‘गोर्खे’ को दोश्रो गीत सार्वजनिक गरिएको छ। ‘गाम भरि हल्ला भो’बोलको गीतमा भुषण खतिवडाको स्वर र शब्द तथा संगीत हरि लम्सालको छ। गीतमा अर्जुन गुरुङ र एन्जल श्रेष्ठ फिचर्ड छन् ।

यस चलचित्रले गोर्खे बन्ने सपना बोकेका ५ युवाहरुको पात्रको कथा बोल्नेछ। हरि लामाको प्रस्तुति,तिर्थ राम कोजु र हरि थापाको निर्माणमा तयार भएको चलचित्रमा रबिन्द्र प्रताप सेन,अन्जली अधिकारी,अर्जुन गुरुङ्ग,अश्मी लामा,अश्मी श्रेष्ठ,एन्जल श्रेष्ठ ,बाल्दिप राई लगायतकाको अभिनय रहेको छ। सौरभ लामा र निरज कंडेलले खिचेको चलचित्रको कथा काजी लिम्बुले लेखेका हुन।
मित्र.डी गुरुङको सम्पादन रहेको चलचित्रमा छिन्दु पाख्रिन र हरि लम्सालको संगीत रहेको छ। चलचित्रको बितरण जिम्मा सुनिल मानन्धर लिएका छन। नेपाल प्रदर्शन मिति तय नभएको चलचित्रको छिट्टै अस्ट्रेलिया र अमेरिकामा शो हुने निर्माता हरि लामाले जानकारी दिएका छन्। शंकर महर्जनले निर्देशन गरेको चलचित्रमा हिमाल केसीको द्वन्द निर्देशन रहेको छ।

५० औं वसन्तपछि सिर्जनामा अमर सिर्जनाका धनी ‘अमर वान्तु’

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु