डा. गोविन्दराज भट्टराईलाई अन्तर्राष्ट्रिय अनुवाद पुरस्कार, डा.जीवन नामदुङलाई राष्ट्रिय पुरस्कार

म्यूजिक खबर
प्रकाशित: १२ कार्तिक २०७८, शुक्रबार

दार्जिलिङ । सम्वाद संजाल, सिलगढी र अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज सिलगढी च्याप्टरको सयुक्त आयोजनामा गत २४ अक्टोबर २०२१ मा भारतको सिलगढीस्थित वर्षाना होटलमा आयोजित विषेश साहित्यिक समारोहमा युगेन्द्र क्षेत्री अन्तर्राष्ट्रिय अनुवाद पुरस्कारबाट प्रा। डा। गोविन्दराज भाट्टराई र लक्ष्मीकान्त जोशी राष्ट्रिय अनुवाद पुरस्कारबाट डा। जीवन नामदुङलाई प्रदान गरियो ।

कार्यक्रमका प्रमुख अतिथि दार्जीलिङ्ग जिल्लापाल एस। पुनमबालम‌, अनेसास सिलगढी च्याप्टरकी अध्यक्ष लतिका जोशी, युगेन्द्र ( लक्ष्मीकान्त अन्तर्राष्ट्रिय अनुवाद पुरस्कार गुढीका अध्यक्ष राधेश्याम लेकाली, साहित्यिक पत्रकार संघका पूर्व अध्यक्ष नरेन्द्रबहादुर श्रेष्ठ, गुठी सरक्षक ललिता जोशीले सो पुरस्कारहरु प्रदान गर्नु भएको थियो ।

डा। भट्टराईलाई प्रदान गरिएको पुरस्कारमा नगद रु। २१००० सहित अङ्गबस्त्र, खादामाला, मायाको चिनो, मेडल र सम्मानपत्र रहेको थियो । यसैगरी डा।नामदुङलाई प्रदान गरिएको पुरस्कारमा नगद रु। ११००० सहित अङ्गबस्त्र, खादामाला, मायाको चिनो, मेडल र सम्मानपत्र रहेको थियो ।

सोही समारोहमा कवि ललिता जोशी क्षेत्रीद्वारा लिखित कवितासंग्रह ”आँखीझ्यालबाट विश्व चिहाएर हेर्दा” कृतिको पनि लोकार्पण गरिएको थियो । कृति लोकार्पण भएको घोषणा गुठी अध्यक्ष लेकालीले गर्नु भएको थियो । लोकार्पित कृतिका सर्जक ललिता जोशी क्षेत्री ूयुगेन्द्र ( लक्ष्मीकान्त अन्तर्राष्ट्रिय अनुवाद पुरस्कार गुठीूको संरक्षक पनि हुनुहुन्छ ।

कार्यक्रममा सम्मानित स्रष्टा डा। गोविन्दराज भट्टराईकोबारे साहित्यकार मुक्तिप्रसाद उपाध्याय बराल र डा। जीवन नामदुङकोबारे डा। जीवन राणाले आआफ्नो मन्तव्य राख्नु भएको थियो । यसैगरी समानित सष्टा भट्टराई र नामदुङले आआफ्नो सारगर्भित मन्तव्य राख्दै पुरस्कार प्रदान गरेकोमा ूयुगेन्द्र ( लक्ष्मीकान्त अन्तर्राष्ट्रिय अनुवाद पुरस्कार गुठीू परिवारलाई धन्यवाद ज्ञापन गर्नु भएको थियो ।

अनेसास सिलगढी च्याप्टरकी अध्यक्ष लतिका जोशीको सभापतित्वमा आयोजित सो कार्यक्रममा प्रमुख अतिथि पुनमवालम, सभापति लतिका जोशी र गुठी अध्यक्ष राधेश्याम लेकालीलगायतले विशेष मन्तव्य राख्नु भएको थियो ।

गुठीका सहसचिव एवं च्याप्टरका उपाध्यक्ष शरद क्षेत्रीले स्वागत मन्तव्य राख्नु भएको थियो । सो समारोहमा ूयुगेन्द्र ( लक्ष्मीकान्त अन्तर्राष्ट्रिय अनुवाद पुरस्कार गुठीूको तर्फबाट बीन्नी शर्मा, गुठी संरक्षकहरु ललिता जोशी क्षेत्री र भीभीयन क्षेत्री, कोषाध्यक्ष भिषिका क्षेत्रीले पनि आआफ्नो मन्तव्य राख्नु भएको थियो ।

कार्यक्रममा अनेसास सिलगढी च्याप्टरले ूयुगेन्द्र ( लक्ष्मीकान्त अन्तर्राष्ट्रिय अनुवाद पुरस्कार गुठीूका अध्यक्ष एवं अनेसासका निवर्तमान अध्यक्ष तथा वर्तमान सल्लाहकार साहित्यकार राधेश्याम लेकाली, साहित्यिक पत्रकार संघका पूर्व अध्यक्ष सर्जक नरेन्द्रबहादुर श्रेष्ठ र प्राज्ञ सुभद्रा भट्टराईलाई विशेष सम्मान पनि गरेको थियो ।

कार्यक्रममा काठमाडौं, झापा, दार्जीलिङ्ग, सिक्किम बिजनबारी, सोनादा ,कालेबुङ, खरसाङ्ग, आसमलगायतका ठाउँहरुबाट साहित्यकारहरुको विशेष उपस्थिति रहेको थियो ।

कार्यक्रममा सहायक जिल्लापाल प्रेम बरदेवाले लक्ष्मीकान्त जोशीको र युगेन्द्र क्षेत्रीकोबारे शिवकुमार राई प्रतिष्ठानकी सचिव श्रीमति छीमी लामाले विस्तृत परिचय राख्नु भएको थियो ।

सो कार्यक्रममा साहित्यकारहरु नरेन्द्रबहादुर श्रेष्ठले कविता वाचनसहित, सुभद्रा भट्टराई, जोगेन दर्नाल, डा। कृष्णराज घतानी, सुकराज दियाली, डा। नरेशचन्द खातीलगायतले मन्तव्य राख्नु भएको थियो ।

कार्यक्रममा सिर्जना शर्माले गणेश बन्दना गाउनु भएको थियो भने प्रकाश छेत्री, सानिद्धय थापा , स्नेह थापा र वीरआदित्य शर्माले नृत्य र गीतहरु प्रस्तुत गर्नु भएको थियो ।
कार्यक्रममा नेपाली साहित्यको अनुवाद र नेपाली साहित्यको अन्तर्राष्ट्रियकरणकोबारे विशेष चर्चा गरिएको थियो । कार्यक्रमको संचालन देविका मंग्राती र प्रा। मेघनाथ छेत्रीले गर्नु भएको थियो ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु