‘शुभ लभ’फिल्मको दोस्रो गीतको चौतर्फी चर्चा, हेर्नुहोस् भिडियो

म्यूजिक खबर
प्रकाशित: २९ फाल्गुन २०७५, बुधबार

काठमाडौं – प्रतिक्षित फिल्म ‘शुभ लभ’को दोस्रो गीत सार्वजनिक गरिएको छ । युवा ज्योतिष हरिहर अधिकारी र कृष्टिन पौडेलको डेव्यु सिनेमा ‘शुभ लभ’को पहिलो गीतको चर्चा सेलाउन नपाउँदै फेरी दोस्रो गीत सार्वजनिक गरिएसँगै यसको चर्चा सुरु भएको छ । सार्वजनिक गीतलाई रामजी लामिछानेले कोरियोग्राफी गरेका हुन् । बुद्ध इन्टरटेनमेन्टको ब्यानरमा निर्माण भएको चलचित्रका प्रस्तुतकर्ता प्रदीप कुमार उदय हुन् । चैत्र १५ गतेबाट प्रदर्शनमा आउने फिल्मलाई पुराना निर्माता तथा निर्देशक सन्तोष बाबु लोहनीले निर्देशन गरेका हुन् । जसमा धर्मराज शर्मा सुवेदीको लगानी रहेको छ । ‘टुक्रियो एउटा सपना’ बोलको मार्मिक गीतमा प्रेमी र प्रेमीकावीच आउने उतार चढावको कथा पेश गरिएको छ । सार्वजनिक गीतमा विशाल निरौलाको शब्द, संगीत तथा स्वर रहेको छ ।

फिल्ममा हरिहर र कृष्टिनका अलवा सरोज खनाल, राजाराम पौडेल, राजा राजेन्द्र पोखरेल, रविन्द्र झा, प्रदीप बास्तोल, डाक्टर सुर्या थापा, अनुज पाण्डे लगायतका कलाकारको मुख्य भुमिका रहेको छ । भने निर्माता तथा हल सञ्चालक श्री प्रदीप कुमार उदय ‘शुभलभ’मा अतिथी कलाकारको रुपमा देखिनेछन् । जसमा हरिहर अधिकारीको कथा, अभिमन्यु निरवीको पटकथा तथा संवाद, अर्जुन पोखरेलको संगीत, कोरियोग्राफी रामजी लामिछाने, रामेश्वर कार्कीको छायाँकन, रोशन विक्रम भट्टराईको द्धन्द्व, बनिष शाह र भुपेन्द्र अधिकारीको सम्पादन रहेको छ

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु