संग्रौला र थापालाई हरितारा चलचित्र पुरस्कार, केसी र तुलाधरलाई दुर्गादेवी पुण्य निरौला पुरस्कार

म्यूजिक खबर
प्रकाशित: १७ मंसिर २०७५, सोमबार

रामकाजी, शिव र शोभितालाई परिवर्तन सम्मान


काठमाडौं । तीन दशकभन्दा बढी समयदेखि नेपाली रंगमञ्च, टेलिभिजन तथा चलचित्रका लागि संरक्षण÷सम्वद्र्धन र सन्देश मूलक टेलिचलचित्र मार्फत नेपाली जनमानसमा अनवरत योगदान पु¥याए वापत चलचित्र निर्देशक, कलाकार, गीतकार लय संग्रौलालाई हरितारा चलचित्र पुरकास्कार २०७४ प्रदान गरिएको छ । त्यस्तै करिब दुई दशकदेखि नेपाली चलचित्रमा आफ्नो अभिनयको माध्यमले योगदान दिँदै चलचित्र निर्माण र निर्देशन मार्फत् चलचित्र उद्योगमा योगदान पु¥यावापत अभिनेत्री रेखा थापालाई हरितारा पुरस्कार २०७५ प्रदान गरिएको छ । संग्रौला र थापालाई २५ हजार नगद राशिसहित रुद्राक्षको माला लगाएर सम्मान गरिएको थियो ।

 

अन्तर्राष्ट्रिय टेनिश खेलाडी मायांका राणा र माहिका राणाको सभापतित्वमा नेपाली चलचित्रकी प्रथम नायिका भुवन चन्द, प्रथम रंगीत नेपाली चलचित्रकी नायिका चैत्य देवी, प्रथम हास्य अभिनेत्री बसुन्धरा भूसाल लगायतको आतिथ्यतामा उक्त पुरस्कार प्रदान गरिएको हो ।
त्यसैगरी गतसालदेखि स्थापना गरिएको दुर्गा देवी पुण्य निरौला स्मृति पुरस्कार – २०७५ बाट तीन दशकदेखि नेपाली रंगमञ्च तथा चलचित्र क्षेत्रमा अतुलनीय योगदान पु¥याए वापत अभिनेता उत्तम केसी र नेपाली रंग पत्रकारिता मार्फत ३ दशक भन्दा बढी समयदेखि चलचित्र क्षेत्रको संरक्षण सम्बद्र्धनमा योगदान पु¥याए वापत पत्रकार विजय रत्नतुलाधरलाई सम्मानित गरिएको हो । १० हजार राशिसहित केसी र तुलाधरलाई सम्मान गरिएको हो । लेखक तथा निर्देशक मोहन निरौलाको आमा बुबाको नाममा स्थापना भएको यो पुरस्कारबाट केसी र तुलाधर सम्मानित भएका हुन् ।

यस्तै अभिनेता निर्देशक रामकाजि घिमिरे, नृत्य निर्देशक शिव विक र अभिनेत्री तथा लेखिका शोभिता सिंखडालाई परिवर्तन सम्मान– २०७५ बाट सम्मान गरिएको छ । परिवर्तन नेपालमा आबद्ध भएर चलचित्र उद्योगमा निरन्तर योगदान पु¥याउँदै आएका कलाकारलाई यो सम्मान प्रदान गरिने गरिएको परिवर्तन नेपालका अध्यक्ष मोहन निरौलाले बताए ।


पुरस्कार तथा सम्मान छनोट समितिमा लेखक÷निर्देशक मोहन निरौला, डिजाइन सुन्दर श्रेष्ठ तथा वरिष्ट चलचित्र पत्रकार÷गीतकार शान्तिप्रिय रहेका थिए । समारोहमा हरितारा चलचित्र पुरस्कारका सदस्य सचिव तथा परिवर्तन नेपालका अध्यक्ष मोहन निरौलाले दुवै पुरस्कारको परिचय तथा स्वागत मन्तव्य राखेका थिए । त्यस्तै यस कार्यक्रममा वरिष्ट अभिनेत्री बसुन्धरा भुसाल तथा पुरस्कृत व्यतित्व लय संग्रौला र रेखा थापाले आफ्नो मन्तव्य राखेका थिए । कार्यक्रम संचारकर्मी निराजन भण्डारीले संचालन गरेका थिए ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु