प्रिमियरका पाहुनाले रुचाए चलचित्र ‘ह्यारी कि प्यारी’

म्यूजिक खबर
प्रकाशित: १८ माघ २०७९, बुधबार

काठमाडौं । शुक्रबारदेखि रिलिज हुन लागेको नेपाली चलचित्र ‘ह्यारी कि प्यारी’को काठमाडौंमा प्रिमियर गरिएको छ । रिलिज भन्दा ३ दिन अगाडि नै प्रिमियर गरेर निर्देशकले आफ्नो बिषयवस्तुमाथि विश्वास देखाएका छन् । डाक्टर कपिल रिजालको निर्देशनमा तयार भएको यो चलचित्रको प्रिमियरमा यसका मुख्य कलाकारहरु जितु नेपाल, साम्राज्ञी राज्यलक्ष्मी शाह, बिजय बराल लगायत उपस्थित थिए ।

काठमाडौँको बिग मुभिजमा आयोजित ग्रान्ड प्रीमियरमा थुप्रै सेलेब्रीटी, आफन्त र फिल्मकर्मिहरुको उपस्थिति थियो । दीपकराज गिरि, दीपाश्री निरौला, सन्तोष पन्त, केदार घिमिरे, उषा उप्रेती, हिमेश पन्त, यश कुमार, रमेश उप्रेती, निर्देशक ज्ञानेन्द्र देउजा, आकाश अधिकारीलगायतका कलाकारले फिल्म हेरेपछी आफ्नो प्रतिक्रिया दिएका थिए ।

प्रीमियरमा पुगेकाहरुले फिल्म उत्कृष्ट भएको प्रतिक्रिया दिए । दुई फरक परिवेश र फरक रहनसहनमा बस्ने युवक र युवतीको प्रेम कथा रहेको फिल्म आउदो शुक्रबारबाट प्रदर्शन हुँदै छ । फिल्मलाई प्रीमियरमा पुगेका पाहुनाले दिएको प्रतीकृया सुन्दा दर्शकलाई पनि फिल्म मन पर्न सक्ने देखिएको छ ।

चलचित्रले फरक सोच बोकेका ह्यारी र प्यारीको कथालाई प्रस्तुत गरेको छ । चलचित्रमा बिजय बरालको भूमिकाले दर्शकलाई धेरै हदसम्म होल्ड गरेको छ । जितु नेपालले पनि उत्कृष्ट काम गरेका छन् ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु