• अभिनेताद्वय इरफान र ऋषीको निधन भएको एक महिना पुरा हुँदा पत्नीहरुले गरे इमोशनल पोष्ट

    म्यूजिक खबर
    प्रकाशित: १७ जेष्ठ २०७७, शनिबार

    एजेन्सी । बलिउडका लोकप्रिय अभिनेता इरफान खान र ऋषी कपुरको निधन भएको १ महिना पुरा भएको छ । उनीहरुलाई याद गर्दै खान र कपुरका पत्नीले सोसल मिडियामा पोष्ट सार्वजनिक गरेका छन् ।
    इरफान पत्नी सुतापाले केहि फोटोहरुको साथमा पतीको सम्झनामा नोट लेखेकाी छिन् यहाँबाट धेरै टाढा गलत र सहिभन्दा धेरै अगाडि एक खाली मैदान छ । जब हाम्रो आत्मा घाँसमा लड्दै दुनियाँको बारेमा कुरा गर्दा थकाइ लाग्यो हो । यो त केही समयको खेल हो । भेट्नेछौं, गफ गर्नेछौं, फेरि भेट्नेछौं । सुतापाले शेयर गरेको तस्बिरमा उनीहरु दुइजनाले सेल्फी लिइरहेका देखिन्छन् । एउटा तस्बिरमा इरफान घाँसमा लडिरहेका देखिन्छन् जुन सुतापाले क्लिक गरेको बुझिन्छ ।

    त्यस्तै अर्का अभिनेता ऋषी कपुरको निधन भएको पनि एक पुरा भएको छ । उनलाई सम्झिदैं नितु कपुरले पनि एक इमोशनल पोस्त शेयर गरेकी छिन् । नितुले ऋषीको साथमा भएको एउटा पुरानो तस्बिर शेयर गर्दै ग्रेसी फिल्मो गीतको लाइन शेयर गरेकी छिन् । मुझे हिम्मत दो क्योंकि आप मुझे गुडबाय कह चुके हैं लेखेकी छिन् । यसको सार मलाई हिम्मत देउ किनभने तिमीले मलाई गुडबाई भनिसक्यौ भन्ने बुझिन्छ ।

    नितुले इस्टाग्रामा पनि पोष्ट गरेकी छिन् । जसमा उनकी छोरी रिद्धिमाले थुप्रै दिलका इमोजीहरु बनाएकी छिन् । अन्य थुप्रै बलिउडकर्मीले नितुको यस पोष्टमा इमोजी बनाउँदै लेखेका छन् । चर्चित अभिनेता ऋतिक रोशन पत्नी सुजैन खानले धेरै राम्रो कविता र सुन्दर प्रेम कहानी लेखेकी छिन् । यसो त ऋषीको निधन पश्चात पहिेले नै नितुले इमोशनल पोष्ट हमारी कहानीका अन्त हुवा लेख्दै शेयर गरेकाी थिइन् ।

    फेसबुक प्रतिक्रिया
    सम्बन्धित शीर्षकहरु