• गीतकार उन्नती बोहरा ‘शीला’ र सांसद दीपक बोहरालाई पुत्री शोक

    म्यूजिक खबर
    प्रकाशित: ३ फाल्गुन २०८१, शनिबार

    काठमाडौं, फागुन ३ । महिला गीतकार संघकी संस्थापक अध्यक्ष उन्नती बोहरा ‘शीला’ र उनका पती पूर्वमन्त्री तथा सांसद दीपक बोहरालाई पुत्रीशोक परेको छ। बोहरा दम्पतीकी ४६ वर्षीया एक मात्र छोरी जेनी चाँदनी बोहरा ‘ग्यारेट’को हिजो (बिहिबार) निधन भएको हो। स्रोतका अनुसार हृदयघातका कारण उनको निधन भएको बुझिएको छ । उनको शव अहिले महाराजगञ्जस्थित शिक्षण अस्पतालमा राखिएको छ ।

    उनको अन्त्येष्टि आज साँझ ४ः३० बजे पशुपति आर्यघाटको विद्युत् शवदाह गृहमा गरिने छ । चाँदनीले अमेरिकन नागरिकसँग विवाह गरेकी थिइन्। उनका पति, दुई छोरी र एक छोरा छन्। उनी परिवारसहित बालुबाटारमा बसोबास गर्दै आएकी थिइन् । सांसद बोहराका छोरीमा चाँदनी एक जना मात्र थिइन्। उनका छोरा २ जना छन् ।

    चाँदनीकी छोरी मिस युनिभर्स २०२३ विजेता जेनी दीपिका ‘ग्यारेट’ विदेशबाट आज आइपुग्ने भएकाले दाह संस्कारका लागि पर्खिएको हो ।

    म्यूजिक खबर परिवार गीतकार उन्नती र सांसद दिपककी स्नेही पुत्री जेनी चाँदनी बोहरा ‘ग्यारेट’ प्रति हार्दिक श्रद्धान्जली अर्पण गर्दै शोकाकुल परिवारप्रति हार्दिक समवेदना प्रकट गर्दछौं ।

    फेसबुक प्रतिक्रिया
    सम्बन्धित शीर्षकहरु