‘हेल्लो जिन्दगी’ ‘रिमझिम’ मा बिक्रमको पीडा

म्यूजिक खबर
प्रकाशित: १८ बैशाख २०७९, आईतवार

काठमाडौं। एभरेष्ट सूर्य बोहरा निर्देशीत फिल्म ‘हेल्लो जिन्दगी’ को ‘रिमझिम रिमझिम’ बोलको स्याड गीत शुक्रबार ओएसआर डिजिटलमार्फत सार्वजनीक गरिएको छ ।

निर्देशक बोहराकै शब्द,अर्जुन पोखरेलको संगीत र प्रमोद खरेलको स्वरमा रहेको हृदयस्पर्सी गीतमा फिल्मका प्रमुख अभिनेता बिक्रम डि जोशी र दीपीका प्रसाईं फिचर छन् । गत चैत्र १८ गते देशभरका हलमा रिलिज भएको फिल्म अब अमेरिका, युके,जापान,अष्ट्रेलियालगायतका थुप्रै देशमा प्रदर्शन हुने तयारीमा छ । युकेका बिभिन्न रमणीय स्थानमा खिचिएको गीतमा फिल्मका प्रमुख पात्र अभिनेता बिक्रमले गरेको प्रेम, पाएको धोका,घात र अनौठो परिस्थितिलाई सस्पेन्स तवरले प्रस्तुत गरिएको देखिन्छ । गीतकार तथा निर्देशक बोहराले ‘रिमझिम रिमझिम’ लाई आफूले लेखेका अहिलेसम्मका गीत मध्ये सर्वाेत्कृष्ट भएको दावी गरेका छन् । उनले यसअघि लेखेका ‘कान्छा’ फिल्मको ‘हजुर इजाजत भए’,‘ठूली’ को ‘म त मर्छु की क्या हो ठूली’, ‘भैरे’ को ‘सनम माया लाको’,‘हेलो जिन्दगी’ को ‘कता कता’ लगायतका बोलका गीत चर्चित छन् । फिल्ममा कथाको बहावसँगै आउने ‘रिमझिम’ ले दर्शकको मन छुने बिश्वास उनको छ ।

सत्य घटनाबाट प्रभावीत फिल्मको निर्माता बिक्रम डि जोशी र हिराल जोशी हुन् भने कार्यकारी निर्मातामा सृजना जोशी महर्जन अनि सहनिर्मात्रीमा सबिता गुरुङ छिन् । महारानी इन्टरटेन्मेन्ट युके र एभरेष्ट सूर्य बोहरा फिल्मस्सँगको सहकार्यमा बिरञ्जना इन्टरटेन्मेन्टको प्रस्तुति रहेको फिल्ममा डि क्रिएटिभ स्टुडियो,युके र काम्मा इन्टरटेन्मेन्ट,इन्डिया लाइन प्रोड्युसर छन् । निर्देशक बोहरा र बिक्रम डि जोशीको कथा,निर्देशक बोहरासहित अभिमन्यु निरवीको पटकथा÷सम्वाद रहेको फिल्म पुरुषोत्तम प्रधानले खिचेका हुन् ।

फिल्ममा बिक्रम र दीपीकाका साथमा प्रियंका कार्की,विल्सन बिक्रम राई,बिक्रान्त बस्नेत, निर्देशक बोहरा स्वयम्,सबिता गुरुङ,सनमकुमार बैराग,जानकी पन्त,ध्रुव दत्त,कुमुद पन्तलगायतका कलाकारको अभिनय छ ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु