• लायन्स क्लव अफ काठमाडौं सिन्चित ३२५ एटु नेपालद्वारा जाडोको कपडा तथा व्हिल चियर वितरण

    म्यूजिक खबर
    प्रकाशित: २८ मंसिर २०७७, आईतवार

    काठमाडौं : लायन्स क्लव अफ काठमाडौं सिन्चित ३२५ एटु नेपालले काभ्रेमा जाडोको कपडा तथा व्हिल चियर वितरण गरेको छ । नमोबुद्ध नगरपालिका चरगेफेदीमा तीनजना अशक्त व्यक्तिलाई व्हिल चियर वितरण गरिएको थियो भने रोशी गाउँपालिका–७मा रहेको गौतम आधारभूत निम्न माध्यमिक विद्यालयमा रहेका ८० जना विद्यार्थीलाई जाडोको कपडा, स्टेशनरीका साथै खाजा वितरण गरिएको हो ।

    क्लवका अध्यक्ष तथा समाजसेवी राजेन्द्र बहादुर लामाले क्लबले पहिला पनि यस्ता कार्य गर्दै आएको र त्यसैको निरन्तरता स्वरुप यो कार्यक्रम गरिएको बताउनुभयो । उक्त समारोहमा क्लब एरिया इन्चार्ज गोपाल न्यौपाने, जोन चियर पर्सन मोहन मानन्धर, डिष्टिक चिफ शम्भुबहादुर थापा, समाजसेवी सुभाष न्यौपाने स्कुलका संचालक समितिका अध्यक्ष अनिल मुक्तान, वडा अध्यक्ष पोष्टराज गौतमलगायतको आत्यिता रहेको थियो ।

    व्यक्तिगत रुपमा राजेन्द्रले सो स्कुलका दुई विद्यार्थीलाई निःशुल्क पढाइको जिम्मेबारी लिनुभएको छ भने पछि पनि दन्त चिकित्सक क्षेत्रमा उनीहरूलाई निःशुल्क पढाउने उहाँले जिम्मेबारी वहन गरेको बताउनुभयो ।

    फेसबुक प्रतिक्रिया
    सम्बन्धित शीर्षकहरु