‘हिरो’ नं. १ सेन्सर पास, भदौ २७ गते देखि देशब्यापी प्रदर्शन हुने

म्यूजिक खबर
प्रकाशित: १९ भाद्र २०७६, बिहीबार

काठमाडौं । नायक जय किशन बस्नेतको लेखन, निर्माण, र निर्देशन तथा प्रमुख भुमिका रहेको चलचित्र ‘हिरो’ नं. १ सेन्सर पास भएको छ साथै ‘हिरो’ नं. १ यही आउँदो भाद्र २७ गते देखि देशब्यापी प्रर्दशनमा आउँन भएको छ । केन्द्रीय चलचित्र जाँच समितिबाट सेन्सर पास भएको यस चलचित्रले पिजी सर्टिफिकेट पाएको छ । जय किशन बस्नेत फिल्मस् प्रा,लि,को ब्यानरमा निर्माण भएको यस चलचित्रमा जय किशन बस्नेतको साथमा जाहान्वी बस्नेत, संघरत्न महर्जन, शोभित बस्नेत, लय संग्रौला, टार्जन लगायतका कलाकारहरुको मुख्य भुमिका रहेको छ भने ताराबीर पाण्डे, हरि थापा र सुर्य रुम्बाको संगीत, शंकर महर्जनको द्वन्द, बिनोद सापकोटाको छायाँकन र सुदिप पाण्डेयको सम्पादन रहेको छ । मदन ताम्राकार कार्यकारी निर्माता र बिक्रम माङ्मु एवम बिशाल गुप्ता सह निर्माता रहेको यो निर्माण क्रममा नै व्यापक चर्चा भएको यो चलचित्रलाई विशेष तरिकाले हेरिएको छ । यस भन्दा अगाडी सार्वजनिक भएका गीत र ट्रेलर एवम अन्य प्रचार सामाग्रीमा दर्शकले दिएको सकारात्मक प्रतिक्रियाबाट पनि नायक एवम निर्देशक जय किशन बस्नेत हिरो नंं. १ सफल हुनेमा उत्साही देखिन्छन् ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु