सुरु भयो चलचित्र ‘हिड्दा हिड्दै’ को छायाँकन

म्यूजिक खबर
प्रकाशित: १५ पुष २०७७, बुधबार

काठमाडौं । प्रेमकथानक फिल्म ‘हिड्दा हिड्दै’ को सुटिङ सोमबारबाट सुरु भएको छ । पहिलो दिनको सुटिङ ललीतपुरको गोदावरीमा गरिएको थियो । जसमा अभिनेता सलोन बस्नेत र अभिनेत्री सानीया खानबीचका प्रेमील दृश्य कैद गरिएको जानकारी फिल्मका प्रस्तुतकर्ता सुशील पंगेनीले दिएका छन् ।
मिलन आले मगरको निर्देशनमा आकाश श्रेष्ठ,सलोन बस्नेत, नवअभिनेत्री रेखा शाह, सानीया खान, बिकास थापामगर,बिबेक रामदाम,ममता पौडेललगायतका कलाकारको अभिनय रहने फिल्मको स्क्रिप्ट प्रस्तुतकर्ता पंगेनीले लेखेका हुन् ।

कोहलपुर मोडेल कलेजसँगको सहकार्यमा नारायण सुशील पंगेनी इन्टरटेन्मेन्टले निर्माण गरिरहेको फिल्मको निर्मातामा प्रमोदकुमार तामाङ,राजकुमार थिङ र पारस गुरुङ छन् । महादेव शाह सहनिर्माता रहेको फिल्म काठमाडौ र गाइघाटमा खिचिने छ । सुमनकुमार तण्डुकारको छायांकन रहेको फिल्मका गीतमा बसन्त सापकोटा र किरण माइकलको संगीत र कबिराज गहतराजले कोरियोग्राफी गर्ने छन । देव महर्जनले द्धन्द्ध निर्देशन गर्ने फिल्मको मुख्य सहायक निर्देशकमा यम भण्डारी र रामकुमार थिङ छन् । फिल्मको सुटिङ अबधि ३५ दिन तोकिएको छ ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु