‘हिजो आजका कुरा’ को प्रदर्शन स्थगीत

म्यूजिक खबर
प्रकाशित: १ बैशाख २०७७, सोमबार
Hijo Aajaka Kura (2)

काठमाडौं । ‘हिजो आजका कुरा’–दि मुभीको प्रदर्शन स्थगीत गरिएको छ । कोरोना भाइरसका कारण बिश्वनै लकडाउनको अबस्थामा रहेकाले ‘हिजो आजका कुरा’ निर्माण कम्पनी पन्त फिल्म प्रोडक्सनले नयाँ बर्षको अबसरमा सोमबार एक बिज्ञप्ती जारी गरि सो जानकारी दिएको हो ।
बरिष्ट अभिनेता सन्तोष पन्तको कथा र निर्माणमा सकार पन्त निर्देशीत फिल्म बैशाख १२ गते प्रदर्शन हुने तयारीमा थियो । सोही अनुसार आफूहरु तयार रहेको भए तापनि अहिलेको बिषम परिस्थितिले गर्दा हाललाई फिल्म प्रदर्शन स्थगीत गरिएको निर्देशक साकारले बिज्ञप्तीमा उल्लेख गरेका छन् । उनले कोराना भाइरसबाट बच्नका लागि संयमता अप्नाउन सबैलाई आग्रह गर्दै सम्पूर्ण नेपालीमा नयाँ बर्ष २०७७ को शुभकामना ब्यक्त गरेका छन् ।
Hijo Aajaka Kura (2)

‘यहाँहरुले हामी र हाम्रो चलचित्रप्रति देखाउनु भएको माया र भरोसाप्रति हामी नतमस्तक छौं । जनजीवन सामान्य अबस्थामा फर्किएपछि हामी हाम्रो चलचित्रको नयाँ प्रदर्शन मिति तय गर्ने छौं ।’ बिज्ञप्तीमा निर्देशक पन्तले उल्लेख गरेका छन् । उनले केही समयअघि सार्वजनीक आफ्नो फिल्मको ‘माया जदौ’ गीतलाई दर्शकले अत्याधिक मन पराएकाले आफूहरुलाईथप हौसला मिलेको र भबिष्यमा समेत अझ बढी माया र साथ पाउने आशा ब्यक्त गरेका छन् ।
समसामयिक बिषयमा निर्माण गरिएको फिल्ममा सन्तोष पन्त, साकार पन्त, रमा थपलिया, केकी अधिकारी, ऋचा शर्मा, दिब्यदेव पन्त, रिमा बिश्वकर्मा, जयनन्द लामा, जेविका कार्की, रमेश अधिकारी, बिनय कुँइकेल, अनुष्का अधिकारी, निराजनप्रसाद अर्याल, सबिन शाक्य लगायतका कलाकारले अभिनय गरेका छन् । रवि सायमीले खिचेको फिल्ममा सन्दीप किस्नाको पटकथा छ । फिल्मको कार्यकारी निर्मातामा प्रतिभा पन्त,सह निर्मातामा बैकुण्ठप्रसाद उपाध्याय (अशोक) र सचितकुमार मिश्र छन् । फिल्मको ‘माया जदौ’ गीत युट्युवमा अहिलेसम्म झण्डै ७७ लाख पटक हेरिसकिएको छ ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु