• कोरोनाका कारण रणबीर ८३ अनिश्चित, सुरक्षित रहन सबैलाई अनुरोध

    म्यूजिक खबर
    प्रकाशित: ८ चैत्र २०७६, शनिबार
    Ranveer 83

    एजेन्सी । कोरोना भाइरसको कारण संसारभर जोखिम बढिरहेको बेला सम्पूर्ण व्यवसायिक क्षेत्रमा संकटकाल लागिरहेको छ । विश्वव्यापी महामारीको विरूद्ध लड्न सबै उपायहरू अपनाइरहेका छन् । यस्तो अवस्थामा देशको सुरक्षा सुनिश्चित गर्न हरेक क्षेत्र, तह तप्काबाट स्वयम् करेन्टाइनमा बसेर सुरक्षित बन्नुपर्ने अवस्था आएको छ । देशका जनताको सुरक्षाका खातिर अभिनेता रणवीर सिंह र अभिनेत्री दीपिका पादुकोण स्टारर फिल्म ‘८३’ का निर्माताले फिल्मको रिलिज पोस्टपोन्ड गरेका छन् ।
    यही वर्षको १० अप्रिलमा प्रदर्शन हुन गइरहेको फिल्म रणवीर ८३का निर्माण टिमले कोरोनाका कारण फिल्मको प्रदर्शन अनिश्चितकालका लागि रोकिएको जानकारी दिएका छन् । सामाजिक सञ्जालबाट विज्ञप्ती जारी गर्दै अभिनेता रणवीर सिंहले भनेका छन्– ‘८३’ हाम्रो फिल्म मात्र होइन, सम्पूर्ण देशको फिल्म हो । तर, राष्ट्रको स्वास्थ्य र सुरक्षा सधैं पहिलो हुन्छ । सुरक्षित रहनुहोस्, सावधान रहनुहोस् । हामी छिट्टै फर्कनेछौं ।’

    हिन्दी, तमिल र तेलुगु भाषामा रिलिज हुने फिल्ममा रणवीर, पूर्व विश्व कप विजेता कप्तान कपिल देव र दीपिका, कपिल देवकी श्रीमती रोमी देवको भूमिकामा देखिँदैछन् । कबीर खानले फिल्मको निर्देशन गरेका हुन् । रिलायन्स इन्टरटेनमेन्ट र फ्याटम फिल्म्को ब्यानरमा निर्मित फिल्मको निर्मातामा दीपिका पादुकोण, कबीर खान, विष्णु वर्धन इन्दुरी, साजिद नाडियाडवाला छन् ।

    सन् १९८३ मा क्रिकेट विश्वकपमा भएको भारतको जीतको कहानीमा फिल्म आधारित छ । फिल्ममा रणवीर र दीपिकाका अलावा साकिब सलीम, आर बद्री, हार्डी संधू, चिराग पाटिल, पंकज त्रिपाठी, अम्मी विर्क, साहिल खट्टरलगायतका कलाकारहरुको अभिनय छ । सन् १९८३ मा भएको क्रिकेट वर्ल्‍ड कपमा वेस्‍ट इन्डिजको विरुद्ध भारतले एतिहासिक जित हासिल गरेको थियो ।

    फेसबुक प्रतिक्रिया
    सम्बन्धित शीर्षकहरु