प्रकृतिको वर्णन गर्दै ईश्वर पोखरेलले ल्याए ‘कति राम्री’

म्यूजिक खबर
प्रकाशित: २६ पुष २०७५, बिहीबार

काठमाडौं । गायक ईश्वर पोखरेलले समग्र प्रकृतिको वर्णन गर्दै ल्याएका छन् ‘कति राम्री’ । गायक पोखरेलको पछिल्लो गीत ‘कति राम्री मेरी माया मेरै नेपाल जस्तै’ यतिबेला राम्रो चर्चाको शिखरमा रहेको छ ।

एकनारायण भण्डारीको शब्दमा गायक ईश्वर पोखरेलले आफ्नो स्वर दिएका छन् । यो गीतले अहिले स्रोता तथा दर्शकहरुमाझ राम्रो चर्चा कमाएको छ । यस गीतमा आशीष अबिरलको संगीत रहेको छ भने रविन भुजेल र सारा श्रीपालीले अभिनय गरेका छन् । नेपाली ठिटोज समूहले साथ दिएको सो गीतमा सुनिल क्षेत्रीले निर्देशन गरेका छन् ।

अष्ट्रेलियामा बसोबास गर्दै आएका गायक ईश्वर पोखरेलको यस अघि दुई सोलो एल्बम ‘शीतल’ र ‘अराइज’ बजारमा आइसकेको छ भने उनले दुइ दर्जनभन्दा बढि गीतमा स्वर दिइसकेका छन् । कति बज्यो भनेर सोधम की, रातो रीबन, काली मोरी जस्ता उनका गीतले स्रोताहरुको मन जितिसकेको छ भने अब कति राम्रीले पनि लोकप्रियता पाउने विश्वास लिइएको छ ।


रोयल्टी खोज्दै यातायातमा स्रष्टाहरु, अधिकार खोज्दा यसरी भयो तनाव

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु