‘जाइरा’को ‘आँखैले बोल्छ’ सार्वजनिक (भिडियोसहित)

म्यूजिक खबर
प्रकाशित: १३ असार २०७६, शुक्रबार
Xira

चलचित्र ‘जाइरा’ को आँखैले बोल्छ’ बोलको गीत सार्वजनिक भएको छ । बिहीबार राजधानीको ठमेलमा रहेको लड क्लबमा एक कार्यक्रमकाबीच सार्वजनिक गरिएको हो । गीतमा सन्तोष लामाको स्वर, कल्याण सिंहको सङ्गीत र रवि मल्लले शब्द रहेको छ । भदौ ६ गतेलाई प्रदर्शन मिति घोषणा गरिएको चलचित्र ‘जाइरा’को गीतको भिडियोमा चलचित्रका लिड कलाकार नम्रता श्रेष्ठ र अनुपविक्रम शाही फिचर्ड छन् । कल्याण सिंह, डिजे राजु र टम्ब्लीविडको सङ्गीत रहेको यो चलचित्रमा सम्राट बस्नेतको द्वन्द्व निर्देशन रहेको छ भने द्वन्द्व कोरियोग्राफी राउल मोक्तान र मेघवार चेम्जोङको छ । लोकेश बज्राचार्यले सम्पादन रहेको यस चलचित्रमा केशव थापाको नृत्य निर्देशन छ भने डी.ओ.पी.बाबु श्रेष्ठको छायांकन रहेको छ ।

आशुतोष राज श्रेष्ठले निर्देशन गरेको यो चलचित्रमा नम्रता र अनुपसँगै प्रमोद अग्रहरी, रेमन दास श्रेष्ठसहित नवकलाकारहरु श्रृजना रेग्मी, सुजता श्रेष्ठ र सम्राट मगरको अभिनय रहेको छ । प्रसन्न गोपाली कार्यकारी निर्माता रहेको ‘जाइरा’ का पटकथाकार निर्देशक श्रेष्ठ र निरोज महर्जन हुन् । कटामरी फिल्म्सको सहकार्यमा नम्रता श्रेष्ठ प्रोडक्शन र ट्रेन्डसेटर्स प्रा.लि.को प्रस्तुतिमा चलचित्र बनेको हो ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु