कर्पोरेट लेवलको प्रेमकथामा चलचित्र ‘जानी नजानी’

म्यूजिक खबर
प्रकाशित: १० फाल्गुन २०७५, शुक्रबार

काठमाडौं । आगामी १ चैत्रबाट रिलिज हुने चलचित्र ‘जानी नजानी’ को शुक्रबार काठमाडौंमा एक समारोहबीच ट्रेलर रिलिज गरियो । यो चलचित्रको ट्रेलरमा देब बनेका मनिष श्रेष्ठ र मीरा बनेकी निरिशा बस्नेतबीचको प्रेम सम्बन्धको उतार चढाब देखाईएको छ । यी दुबैजना कर्पोरेट व्यबसाय पेशामा छन् । उनीहरु पेशाकै क्रममा निटक भएको र त्यसपछि प्रेम सम्बन्धमा उतार चढाब आएको देखाईएको छ ।

फिल्ममा चिराग बनेका सन्नी सिंह र मिरा बनेकी निरिशाबीच प्रेम सम्बन्ध टुटेको र सो सम्बन्धले मिराको जीवनलाई पिडायुक्त बनाएको पनि ट्रेलरमा उल्लेख छ । त्यो सम्बन्ध तोड्न बर्षा बनेकी अभिनेत्री नम्रता श्रेष्ठको महत्वपूर्ण भूमिका ट्रेलरमा देखिन्छ । यो चलचित्रमा प्रकाश अधिकारी, कृष्ण भक्त महर्जन, रोशनी केसी पनि विभिन्न भूमिकामा छन् ।

जानी नजानीलाई बसन्त अधिकारीले निर्देशन गरेका हुन् । यो फिल्ममा आफुहरुले कर्पोरेट स्तरको प्रेमलाई उठान गरेको उनले बताए । बिगत आठ वर्षअघि देखि आफु र सामिप्यराज तिमिल्सिनाले यो स्कृप्ट तयार गरेको र एउटा राम्रो स्कृप्टमा सिनेमा बनाएको पनि निर्देशक अधिकारीले बताए ।

जानी नजानीमा आफुले सक्दो राम्रो काम गरेको अभिनेता मनिष श्रेष्ठले कार्यक्रममा बताए । अभिनेत्री निरिशा बस्नेतले आफ्नो यो पहिलो चलचित्र भएको र जानी नजानीबाट आफु निकै उत्साहित रहेको बताईन् ।

 

आधुनिक प्रेम कथामा आधारित यो चलचित्रको कथा, पटकथा र संवाद सामिप्यराज तिमिल्सेनाले लेखेका हुन् । लेखक तिमल्सिनाले चलचित्र ड्रिम पछि आफुले लेखेको यो उत्कृष्ट लभ स्टोरी फिल्म भएको बताए । यसका निर्देशक बसन्त अधिकारीले लामो समयदेखि म्युख्य सहायक निर्देशकको रुपमा काम गर्दाको अनुभव समेटेर एउटा स्तरीय फिल्म बनाएको बताए ।

रोशनी इन्टरटेन्मेनटको ब्यानरमा निर्मित फिल्मकी प्रस्तुतकर्ता रोशनी केसी हुन् । फिल्ममा मोदनाथ खनाल र सागर काजी मालीको निर्माण रहेको छ । जानी नजानी मार्फत मनोरञ्जनसँगै दर्शकले ससक्त सन्देश पनि पाउने निर्माता रोशनीले ट्रेलर रिलिज कार्यक्रममा बताईन् । फिल्मलाई निकै स्तरीय बनाएको जिकिर उनले गरिन् । निर्माता केसीले यस अघि डाक्टर खाते फिल्म निर्माण गरिसकेकी छिन ।

अर्का निर्माता मोदनाथ खनालले आफु यो क्षेत्रका लागि नयाँ भए पनि एउटा समसामयिक तर आदर्श प्रेमकथामा यो फिल्म बनाएका बताए । चलचित्र जानी नजानीले नेपाली समाजमा प्रेमको परिभाषा केही फरक रुपमा गर्ने विश्वास व्यक्त गरे ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु