चलचित्र ‘हिरो नं. १’को ट्रेलर सार्वजनिक (भिडियोसहित)

म्यूजिक खबर
प्रकाशित: १५ भाद्र २०७६, आईतवार

काठमाडौं । यही भाद्र २७ गते देखि देशभरका सिनेमाघरमा आउन लागेको चलचित्र ‘हिरो नं, १’को ट्रेलर सार्वजनिक भएको छ । जय किशन बस्नेत फिल्मस्को ब्यानरमा निर्माण भएको
चलचित्रमा जय किशन बस्नेत, एलिना रायमाझी, लय संग्रौला, जाहान्वी बस्नेत, राजिवजंग बस्नेत, उत्तम केसी, शोभित बस्नेत, संघरत्न महर्जन, टार्जन, शुभेच्छा थापा, मदन ताम्राकार, प्रनिप अधिकारीलगायतका कलाकारहरुको अभिनय रहेको छ ।

मदन ताम्राकार कार्यकारी निर्माता रहेको चलचित्रको लेखन, निर्माण र निर्देशन जय किशन बस्नेत स्वयमले गरेका छन् । बिनोद सापकोटाको छायाँकन, ताराबीर पाण्डे, हरि थापा र सुर्य रुम्बाको सङ्गीत, शंकर महर्जनको द्वन्द्व एवम् सुदिप पाण्डेको सम्पादन रहेको चलचित्रमा । ब्रबिम बस्नेत र जाहान्वी बस्नेत प्रस्तुतकर्ता रहेको यो चलचित्रमा बिक्रम माङ्मु र बिशाल गुप्ता सहनिर्माता रहेका छन् ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु