• वरिष्ठ कलाकार जयनन्द चन्द ठकुरीको निधन

    म्यूजिक खबर
    प्रकाशित: १८ जेष्ठ २०७७, आईतवार
    Jayanand Chand Thakuri

    काठमाडौं । वरिष्ठ कलाकार जयनन्द चन्द ठकुरीको निधन भएको छ । उनको आज निधन भएको हो ।
    नेपाली कला क्षेत्रमा १ सय वटा भन्दा धेरै चलचित्रमा अभिनय गरेका उनले थुप्रै सानो पर्दाको चलचित्रमा समेत अभिनय गरेका थिए । उनको निधनले नेपाली कलाक्षेत्रमा ठूलो क्षति पुगेको छ । उनको ८० वर्षको उमेरमा निधन भएको हो ।

    उनी विगत ८ वर्षदेखि पक्षघातबाट बिरामी थिए । उनी एउटा चलचित्रको सुटिंगका क्रममा लडेर घाइते भएपछि पक्षघातबाट पीडित थिए । उनले नेपाली चलचित्र जीवनरेखाबाट कलाकारिता थालेका थिए । यसका अतिरिक्त हिन्दी चलचित्रहरुमा समेत उनले अभिनय गरेका छन् । उनको आजै पशुपति आर्यघाटमा दाहसंस्कार गरिने पारिवारिक स्रोतले जनाएको छ ।

    फेसबुक प्रतिक्रिया
    सम्बन्धित शीर्षकहरु