अभिनेत्री जिया खानको आत्महत्यामा बनेको वृत्तचित्र बीबीसीमा प्रसारण

म्यूजिक खबर
प्रकाशित: २९ पुष २०७७, बुधबार

मुम्बई । अभिनेत्री जिया खानको आत्महत्यामा बनेको वृत्तचित्रको प्रसारण भएको छ । ‘डेथ इन बलिउड’ नामक वृत्तचित्र ब्रिटेनमा बीबीसीमा प्रसारण गरिएको हो ।
जम्मा तीन भागमा बनेको वृत्तचित्रको पहिलो भाग सोमबारै प्रसारण गरिसकेको छ । बाँकी दुई भाग मंगलबार र बुधबार प्रसारण हुनेछन् ।

यस वृत्तचित्रमा जियाकी आमा रबिया खानबाहेक आरोपी सुरज पन्चोलीका बुबा आदित्य पन्चोलीको संस्करण पनि समावेश गरिएको छ ।

‘निशब्द’, ‘गजनी’, र ‘हाउसफुल’ जस्ता चलचित्रमा काम गरिसकेकी जिया खानले सन् २०१३ जुन ३ मा आफ्नै अपार्टमेन्टमा झुन्डिएर आत्महत्या गरेकी थिइन् ।

उनले आफ्नो सुसाइट नोटमा अभिनेता सुरज पन्चोलीसँगको प्रेमसम्बन्धका बारेमा पनि उल्लेख गरेकी थिइन् । उनको सुसाइट नोटपछि सुरजलाई पछि पक्राउ गरियो र पछि जमानतमा रिहा पनि गरिएको थियो । उनको आत्महत्याको अहिले पनि सीबीआईले अनुसन्धान गरिरहेको छ ।
–नवभारत टाइम्स

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु