कोरोना महामारीका कारण रोकियो ‘के घर के डेरा’को छायांकन

म्यूजिक खबर
प्रकाशित: १० चैत्र २०७६, सोमबार
K Ghar K Dera

काठमाडौं । विश्वभरि कोरोना भाइरस (कोभिड–१९) को चपेटामा परेको समयमा नेपाली चलचित्र क्षेत्र पनि तहसनहस भएको छ । चलचित्र घरहरु बन्द छन् भने छायांकनरत लगभग सबै चलचित्रहरुले छायांकन स्थगन गरेका छन् ।

यसैबीच, चैत्र दोश्रो साताबाट छायांकनमा जान तयार रहेको नेपाली चलचित्र ‘के घर के डेरा’ले छायांकन रोकेको छ । कोभिड(१९ को त्राशका बीच राज्यले पनि चलचित्रका गतिविधी रोक्न आह्वान गरेको समयमा सतर्कता अपनाउदै अवस्था सामान्य नभएसम्मका लागी छायांकन रोकिएको निर्देशक सुब्रतराज आचार्यले बताए ।

चलचित्रका कार्यकारी निर्माता ताक्पा तामाङ ९सिंगे लामा०ले स्वास्थ्य पहिलो रोजाई रहेकोले छायांकन स्थगित गरिएको बताए । ‘हाम्रो स्वास्थ्य पहिलो प्राथमिकता हो, हामी रहे चलचित्र बनाउँदै गरौँला’, उनले भने ।

चलचित्र यूनिटले महामारीको रुपमा विश्वभर फैलिएको कोरोना भाइरस ९कोभिड(१९० फैलिन नदिन बिशेष सतर्कता अपनाउन सम्पूर्ण नेपालीमा अपिल समेत गरेको छ । ‘आफु पनि बचौँ र अरुलाई पनि बचाऔँ भन्दै हामीले चलचित्र छायांकन सारेका हौँ’, निर्देशक आचार्यले भने, ‘सम्पूर्ण दर्शक तथा आम नेपालीलाई सुरक्षित रहन अपिल गर्दछु ।’

पैँतिस वर्षअघिको प्रदीप रिमाल निर्देशित चलचित्र ‘के घर के डेरा’को नाम सापटी लिएर यो चलचित्र बनाउन लागिएको हो । चलचित्रमा दयाहाङ राई,विपिन कार्की, वर्षा राउत, लुनिभा तुलाधर, रविन्द्र झा, आर्सिना भट्टराईलगायत कलाकारको अभिनय रहनेछ ।

शुभ लाभ फिल्मस् र ए प्लस इन्टरटेनमेन्टको ब्यानरमा निर्माण हुने ‘के घर के डेरा’ मा राजिव श्रेष्ठ र किरण महर्जन निर्माताको रुपमा रहनेछन् भने ताक्पा तामाङ ९सिंगे लामा० कार्यकारी निर्मातामा छन् । त्यस्तै, यम प्रसाद ओली सह(निर्मातामा रहेका छन् । ‘हरि’ चलचित्रका निर्देशक सफल केसी र प्रतिक गुरुङको पटकथा रहेको चलचित्रको कन्सेप्ट निर्माता सिंगे लामाको हो ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु