दर्शकहरुले हलभित्र मोबाइलमा खिचे कबड्डी ४, बढ्यो पाइरेसीको डर

म्यूजिक खबर
प्रकाशित: १८ जेष्ठ २०७९, बुधबार

इटहरी । पछिल्लो समय चलचित्र पाइरेसीको ट्रेन्ड परिवर्तित हुँदै गैरहेको बुझ्न सकिन्छ । कोरोनाले थलिएको सिनेमा नगरी यतिबेला तङ्रीएको भएपनि दर्शकले सिनेमा हलभित्रै निर्वाध रुपमा प्रदर्शनरत चलचित्रलाई आफ्नो मोबाइलमा कैद गरिरहेका छन् । हिजो मंगलबार सुनसरीको इटहरीमा यस्तै दृश्य देखियो । इटहरीको सेन्ट्रल प्लाजामा अवस्थित ुसिनेफ्लेक्सु हलमा दर्शकहरू आफ्नो मोबाइलको क्यामेराले ुकबड्डि ४ु को महत्त्वपूर्ण दृश्यसंगै चलचित्रको क्लाइमेक्सलाई समेत कैद गरिरहेका थिए । तर, सिनेमा हल ब्यवस्थापनले भने यस्तो दृश्यलाई टुलुटुलु हेरेर बसिरहेको पाईयो । न त यस्तो कार्य रोक्नलाई त्यहाँ सुचना गरियो न त खिच्दै गर्दा केहिले नखिच्न भनेर हल्ला गर्दासमेत हल ब्यवस्थापन चुप देखियो ।
ुकबड्डि ४ु युनिटले यस्तो कार्य रोक्न बारम्बार दर्शकलाई अनुरोध पनि गरिरहेको छ । यतिसम्म कि नेपाल चलचित्र संघले कानुनी कारवाहीबाट बच्न दर्शकलाई चेतावनी समेत दिएको छ । तर, त्यसको केही पर्वाह नगरी प्रदर्शन सुरु भएको ५ औं दिनसम्ममा पनि यो कार्यले निरन्तरता पाईरहेको छ । झट्ट हेर्दा त एक किसिमले यो चलचित्रको पब्लिसिटीकै रुपमा पनि हेर्न सकिन्छ । तर, त्यो भन्दा पनि चलचित्र पाईरेसीको अर्को स्वरुप हो । इटहरी ुसिनेफ्लेक्सु एउटा प्रतिनिधि सिनेमा हल मात्रै हो । देशभरका सिनेमा हल अनि त्यसको हरेक शोमा यसरी मोबाईल तेर्सिएको छैन भन्न सकिदैन ।

चलचित्रको प्रमुख भागहरुको क्लिप र क्लाइमेक्स सिन नै त्यसरी मोबाइलमा कैद गरेर सामाजिक संजालमा भ्युज, लाईक र फलोअर्सका लोभले पोस्ट राखिदा के का लागि फिल्म हेर्न जाने रु हुन त यस्तो घटनाको शृङ्खला ुम यस्तो गीत गाउछु २ु, ुए मेरो हजुर ४ु हुँदै ुकबड्डि ४ु सम्म आइपुगेको हो । पछिल्लो दिन यस्ता कार्य घट्ने भन्दा बढ्ने क्रम भएपछि नियन्त्रण हुन जरुरी देखिएको हो । त्यसैपनि नेपाली दर्शकको पुरानो भनाइ छ ुनेपाली चलचित्रको कथा बुझ्न ट्रेलर हेरे पुग्छ, हलसम्म जानै पर्दैनु। इटहरीमा सिनेमाको चहलपहल निकै हुने गर्छ । प्रचारप्रसारका लागि निर्माता निर्देशकको नजरमा परेको इटहरीमा चलचित्रको व्यापार पनि राम्रै छ । चलचित्रसंग सम्बन्धित केही सक्रिय संघ संगठन पनि यहाँ नभएको हैन । तर, सामाजिक संजालमा यो बिषयमा केही कमेन्टहरु गर्न सिवाय यस्तो घटनाको नियन्त्रण गर्न कुनै सक्रियता देखाएका छैनन् । सो संघहरुले हल ब्यवस्थापनलाई खवरदारी गर्ने हो भने यो कार्य नियन्त्रणमा पक्का आउने देखिन्छ ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु