कबड्डी कबड्डी कबड्डीले तोड्यो अहिलैसम्मकै रेकर्ड

म्यूजिक खबर
प्रकाशित: ७ आश्विन २०७६, मंगलवार

काठमाडौं । शुक्रबारदेखि प्रदर्शनमा आएको फिल्म कबड्डी कबड्डी कबड्डीले पहिलो दिनमा सर्वाधिक कमाइ गर्ने नेपाली फिल्मको रेकर्ड बनाएको छ । यो नेपाली फिल्मको इतिहासमै अहिलेसम्म एक दिनमा सवैभन्दा बढी कलेक्सन हो । उक्त चलचित्रले रिलिजको पहिलो दिनमै एक करोड ४७ लाखको व्यापार गरेको फिल्म वितरण स्टेसन फाइभले जानकारी दिएको छ । रामबाबु गुरुङ निर्देशित यस फिल्ममा दयाहाङ राई, रिश्मा गुरुङ, उपासना सिंह ठकुरी, विल्सन विक्रम राई, बुद्धि तामाङ, विजय बराल, पुस्कर गुरुङ, कविता आले, माओत्से गुरुङ, लूनिभा तुलाधर, कमलमणि नेपाल, अरुणा कार्की पोखरेललगायत कलाकारको अभिनय रहेको छ ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु