चलचित्र ‘काँचुली’ भोलीबाट देशभर प्रद्धर्शन हुदैँ

म्यूजिक खबर
प्रकाशित: २३ श्रावण २०७६, बिहीबार

रोशन पोखरेल
काठमाडौं । बिजि बर्मा फिल्मस को ब्यानरमा कला राई को प्रस्तुतीमा निमार्ण भएको नेपाली कथानक चलचित्र काँचुली भोलीबाट प्रर्दशनमा आउने भएको छ । शंकर अधिकारी घायलको लेखन तथा निर्देशन रहेको काँचुली चलचित्रमा जिवनको एक यथार्थ लाई समेटेर तयार गरिएको चलचित्रका निर्देशक शंकर अधिकारी घायलले बताएका छन ।

राजु लामा,राजेन्द्र बजगाईको ,शंकर अधिकारी घायलको संगीतमा रहेको गीतमा गायिका सपना श्री,नित्याशिवा,राजेन्द्र बजगाई, शम्भु रैका को आवाज गीतमा रहेको छ । सुशील डाँगीको छायांँकन ,देव महर्जन को द्वन्द ,राजन महर्जन र्द्लििप राईको नृत्य रहेको छ । चलचित्रमा,शुभेच्छा थापा,राजन महर्जन ,रबिन श्री,सुबास गजुरेल,शर्मिला शर्माको अभिनय रहेको छ ।

नव प्रस्तुतिमा,दिप कुलुङ,राजन श्रेष्ठ ,अस्मि थापा,अन्जना ज्योती र गोबिन्द लामा लाई प्रस्तुत गरिएको छ। काचुली मुभी लाई तिरुपती फिल्मसले वितहरण गरेको छ ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु