केकी अभिनित माधवी अर्यालको तीज गीत ‘माइतै रमाइलो’ सार्वजनिक

म्यूजिक खबर
प्रकाशित: २ भाद्र २०८१, आईतवार १५:४४

काठमाडौँ । हिन्दु नारीहरुको महानपर्व हरितालिका तीज आउन केहि हप्ता बाँकी भएसंगै तीजका गीतहरुको म्युजिक भिडियोहरु सार्वजनिक गर्ने क्रम निकै बढेको छ । यस्तैमा लोकप्रिय नायिका केकी अधिकारी अभिनित मौलिक तीज गीत ‘माइतै रमाइलो’को भिडियो सार्वजनिक भएको छ । गीतकार शीतल कादम्बिनीको शब्द रचना ,गायिका माधवी अर्यालको स्वरमा रहेको गीतमा माइतीमा तीज मनाउदा हुने रमाइलो पक्षलाई चित्रित गरिएको छ ।पछिल्लो समय आएका बिकृत र अश्लील खाले तीजको गीत बाट दिक्क भएका श्रोता, दर्शकका लागि यो गीत एउटा मौलीक र सन्देश मुलक हुने निर्माण पक्षको दाबी छ
हरि लम्सालद्वारा संगीतबद्ध गीतको भिडियोलाई टुवेल नोट्सको अफिसियल च्यानलबाट सार्वजनिक गरिएको हो निकेश खडका निर्देशित भिडियोमा हरि हुमागाईंको छायांकन र बिकाश धमलाको सम्पादन रहेको छ ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु