‘काले दाई’को ‘यो दुनियाँ मेरो लागि होइन’ सार्वजनिक (भिडियोसहित)

म्यूजिक खबर
प्रकाशित: ७ आश्विन २०७६, मंगलवार

काठमाडौं । यही असोज १७ गतेदेखि देशभरका सिनेमाघरमा आउन लागेको चलचित्र ‘काले दाई’को ‘यो दुनियाँ मेरो लागि होइन’ गीत सार्वजनिक गरिएको छ । सोमबार राजधानीमा आयोजित एक कार्यक्रमको आयोजना गरी सार्वजनिक गरिएको हो उक्त गीतमा इन्द्र रम्जाली र गोविन्द श्रेष्ठको शब्द रहेको उक्त गीतमा सुरज थापाको स्वर, पेवाङ लामाको सङ्गीत रहेको छ । नौधारे फिल्म प्रोडक्सन र रामजाली प्रोडक्सनको ब्यानरमा बनेको चलचित्रमा रामजाली, शिशिर भण्डारी, अनु पराजुली, सुरेन्द्र केसी, शारदा गिरी, उत्तम केसी, विष्णु सापकोटा, गीता अधिकारी, गोविन्द श्रेष्ठलगायतको अभिनय रहेको छ ।

प्रेममा जातपात घुसेपछि उत्पन्न हुने द्वन्द्वको कथामा आधारित रहेर निर्माण भएको उक्त चलचित्रलाई शम्शेर गुरुङ र ईन्द्र रामजालीले निर्माण गरेका हुन् । किशन अर्यालर इन्द्र रामजालीको कथा रहेको चलचित्र पवन गौतमको छायाँकन र कुमार महर्जनको द्वन्द्व, रामजी लामिछानेको कोरियोग्राफी तथा तारा थापा ‘किम्भे’को सम्पादन रहेको चलचित्रलाई शिव शर्माले निर्देशन गरेका हुन् ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु