चलचित्र ‘काले दाई’ दशैंमा प्रदर्शनमा आउने

म्यूजिक खबर
प्रकाशित: १४ भाद्र २०७६, शनिबार

काठमाडौं । निर्माण भएको लामोसमयपछि चलचित्र ‘काले दाई’को फस्ट लुक सार्वजनिक भएको छ । आगामी असोज १७ गतेबाट प्रदर्शनमा आउन लागेको चलचित्र ‘काले दाइ’ पारिवारिक प्रेमकथामा निर्माण भएको चलचित्र हो ।
शिव शर्माद्वारा निर्देशित चलचित्र ‘काले दाई’मा ईन्द्र रामजाली, सुरेन्द्र केसी, शारदा गिरी, शिशिर भण्डारी, अनु पराजुली, उत्तम केसी, विष्णु सापकोटा, गीता अधिकारी, गोबिन्द श्रेष्ठ लगायतका कलाकारको अभिनय रहेको छ ।

ईन्द्र रामजाली र किशन अर्यालद्वारा लिखित चलचित्रमा पवन गौतमले छायाँकन गरेका छन् । चलचित्रमा कुमार महर्जनको द्वन्द्व, रामजी लामिछानेको कोरियोग्राफी तथा तारा थापा ‘किम्भे’को सम्पादन रहेको छ । चलचित्रमा दिपक शर्माको संगीत, सुमन बैरागीको शब्द रचना रहेको छ भने सहिमा श्रेष्ठ र ध्रुव विस्कोको स्वर रहेको छ । चलचित्र काले दाईको गीत ‘राइफलको सिरानी’ योभन्दा अगाडि नै सार्वजनिक भइसकेको छ ।

नौधारे फिल्म प्रोडक्सन र रामजाली प्रोडक्सनको ब्यानरमा निर्माण भएको चलचित्रमा सम्शेर गुरुङ र ईन्द्र रामजालीको लगानी छ ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु