झापामा ‘कमल डान्स च्याम्पियन–२०७९’ सम्पन्न

म्यूजिक खबर
प्रकाशित: ११ बैशाख २०७९, आईतवार

झापा । झापाको कमल गाउँपालिकामा हिजो ‘कमल डान्स च्याम्पियन–२०७९’ सम्पन्न भएको छ । रेस्क्यु क्रिएसन प्रा.लि. काठमाडौँको आयोजनामा भएको कार्यक्रममा ‘कमल डान्स च्याम्पियन–२०७९’ को उपाधी कमला मदनआश्रित स्मृति मा.बि. ले हासिल गरेको छ । द्धितिय र तृतीय स्थान क्रमशः सहिद धर्मभक्त मा.बि. केरखा र मङ्गलमय मा.बि.ले हासिल गरेको छ ।


कमला मदनआश्रित स्मृति मा.बि. ले प्रथम पुरस्कार स्वरुप नगद रु. ५०,००० सहित ट्रफी र प्रमाणपत्र प्राप्त गरेको छ । द्धितिय र तृतीय पुरस्कार स्वरुप नगद क्रमशः रु. १५,००० र १०,००० सहित ट्रफी र प्रमाणपत्र प्राप्त गरेको छ ।

कार्यक्रममा कमल सांस्कृतिक मञ्चको संयोजन, कमलनगर जेसिजको सहकार्य, तोपगाछी धरमपुर मैत्री समाज र तोपगाछी धरमपुर बचत तथा ऋण सहकारी संस्था लि.को सपोर्ट र आदिम नेसनल कलेजको साझेदारी रहेको थियो ।

कार्यक्रममा जम्मा ११ ओटा प्रतियोगी नृत्य समूहहरूले नृत्यहरू प्रस्तुत गरेका थिए ।

उक्त कार्यक्रममा कमल सांस्कृतिक मञ्चका अध्यक्ष कैलाश थापा मगरको अध्यक्षता रहेको थियो भने प्रमुख आतिथ्यको रुपमा वरिष्ठ कलाकारहरू शिवहरि पौडेल (मुखमा हान्नु जस्तो), र किरण केसी (राता मकै) रहेका थिए ।

यस्तै विशिष्ट आतिथ्यका रुपमा सशस्त्र प्रहरी बल २१ नं। वाहिनीका जर्नेल श्री कृष्णप्रसाद भण्डारी, त्यसैगरी विशेष आतिथ्यका रुपमा चर्चित गायिका टिका प्रसाई, गायकहरु वीरेन्द्र श्रेष्ठ, सचिन राई, चलचित्र निर्माता/निर्देशक रिमेश अधिकारी, हास्य कलाकार सुलेमान शंकर (इकु) लगायत दर्जन बढी राष्ट्रिय कलाकारहरूको उपस्थिति रहेको थियो ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु