कमल एक्चै मगरको निर्देशनमा चलचित्र’आलिङ्गन’को घोषणा

म्यूजिक खबर
प्रकाशित: २३ मंसिर २०८०, शनिबार

काठमाडौँ। निर्देशक कमल एक्चै मगरको निर्देशनमा बन्ने नयाँ चलचित्र ‘आलिङ्गन’ को औपचारिक घोषणा गरिएको छ। गत बर्ष आजकै दिन अर्थात मङ्सिर २३ गते उनि निर्देशित चलचित्र ‘डेसान’ प्रदर्शनमा आएको थियो। चलचित्र ‘डेसान’ बाट उनले राम्रै प्रसंशाको साथै बिभिन्न अवार्ड पनि प्राप्त गर्न सफल भएका थिए। मगरले चलचित्र ‘शिरफूल’ मार्फत निर्देशनमा पाइला चालेका हुन्। ‘आलिङ्गन’ उनको निर्देशनमा बन्ने तेस्रो चलचित्र हो। सामाजिक प्रेमकथामा बन्ने चलचित्रको कथा स्वयम् मगरले लेखेका हुन्।

चलचित्रको पटकथा संवाद आरुष जंग सारु र कमल एक्चै मगरले मिलेर लेखेका हुन्। कृशला मगर कार्यकारी निर्माता रहेको चलचित्रलाई चक्र बहादुर महर्जनले छायांकन गर्नेछन्। परफर्मिंङ आर्ट क्रियसनको ब्यानरमा निर्माण हुने चलचित्र ‘आलिङ्गन’ मा अभिनय गर्ने कलाकार र अन्य प्राविधिकहरुको बारेमा निर्माण टिमले केहि समय पछि पत्रकार सम्मेलन गरेर जानकारी दिनेछ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु