• पपगायक कमल मान सिंहको ‘सम्झेर यो मन दुख्छ’

    म्यूजिक खबर
    प्रकाशित: २९ जेष्ठ २०८०, सोमबार

    काठमाडौं । लोकप्रिय पपगायक कमल मान सिंहको नयाँ गीत ‘सम्झेर यो मन दुख्छ’ सार्वजनिक भएको छ। कमल मान सिंहको नै शब्द, संगीत रहेको गीतमा प्रशान्त मिस्टले फिचारिंग गरेका छन् ।

    रोमान्टिक शैलीको यस गीतको भिडियोमा दिनेश थापा र पुनमको अभिनय रहेको छ । रोमन मानन्धरको सिनेमाटोग्राफी र विनय कंसाकारको सम्पादन रहेको भिडियोलाई स्वयं कमलमान सिंहले नै निर्देशन गरेका हुन् । २ दशक भन्दा अगाडीदेखि नेपाली सागीतिक सक्रिय पपगायक कमल मान सिंहको दर्जनौ गीतहरु स्रोत दर्शकमाझ लोकप्रिय छन् ।

    फेसबुक प्रतिक्रिया
    सम्बन्धित शीर्षकहरु