आफ्नै विवाहमा कपिल शर्माको यस्तो हर्कत, मण्डपमैं भने–‘पहिलो पटक विवाह गर्दैछु…’ भिडियो

म्यूजिक खबर
प्रकाशित: २८ मंसिर २०७५, शुक्रबार

एजेन्सी । मण्डपमैं भने– ‘पहिलो पटक विवाह गर्दैछु…’ ! बलिउडका चर्चित कमेडियन कपिल शर्मा बुधबार डिसेम्बर १२ मा विवाह बन्धनमा बाँधिएका छन् । उनले सानै उमेरदेखिकी साथी गिन्नीसँग विवाह गरेका हुन् ।
उनको विवाहमा निकै रमाइलो भएको बुझिएको छ । उनलाई बधाई तथा शुभकामना दिन बलिउड क्षेत्रका निकै हाइ प्रोफाइल व्यक्तित्वको पनि उपस्थित रहेको थियो । तर उनले विवाहलाई समेत हाँसी मजाक बनाए । कहिले सात फेरो घुम्ने बेलामा भाग्ने हर्कत त कहिले पहिलो विवाह गर्दैछु– रमाइलो त गर्नै पर्यो नि भनेका छन् ।
विवाहमा कपिल र गिन्नी शाही भेषभुषामा प्रस्तुत भएका थिए ।

https://www.instagram.com/p/BrWp56TAeME/?utm_source=ig_embed&utm_campaign=embed_video_watch_again

विवाहका लागि कपिल शर्माका साथीहरु तथा हास्यकलाकार कृष्णा अभिषेक, सुमोना चक्रवर्ती, राजीव ठाकुर र गायिका ऋचा शर्मालगायत ‘द कपिल शर्मा शो’का सम्पूर्ण सदस्य पञ्जाब पुगेका छन । यसअघि दीपिका पादुकोण र रणवीर सिंह तथा प्रियंका चोपडा र निक जोनसकै शैलीमा कपिल र गिन्नीले पनि २ वटा परम्परा अनुसार विवाह गर्ने खबरहरु आइरहेका छन ।

बुधबार हिन्दू परम्पराअनुसार विवाह भएको छ भने १३ डिसेम्बरमा शिख परम्परामा विवाह हुनेछ । बुधबारको विवाह गिन्नीको घर जालन्धरमा भएको छ । यसपश्चात भोलि कपिलको घर अमृतसरमा विवाह हुनेछ । विवाहपछि कपिल शर्माले आफ्नो घर अमृतसरमा डिसेम्बर १४ मा रिसेप्सन पार्टीको आयोजना गर्नेछन् । यस रिसेप्सनमा कपिलका आफन्तजन र नजिकका साथीहरु सहभागी हुनेछन । यस्तै डिसेम्बर २४ मा मुम्बईमा कपिलले भव्य रिसेप्शन राख्नेछन, जहाँ बलिउड स्टारहरु पनि सहभागी हुनेछन् ।

 

मदन पुरस्कार प्राप्त कृतिमा आधारित चलचित्र ‘जीवन काडा कि फूल’ चैत २२ मा देशभरका सिनेमाघरमा !

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु