भारतका मोडल करण वर्मा अभिनित नेपाली फिल्म ‘दि कर्मा’को फर्स्टलुक सार्वजनिक !

म्यूजिक खबर
प्रकाशित: १० आश्विन २०७५, बुधबार
काठमाण्डौ। भारतका मोडल तथा कलाकार करण वर्माको अभिनय रहेको फिल्म ‘दि कर्मा’ को फर्स्टलुक भिडियो युट्युबमार्फत् सार्वजनिक गरिएको छ । भिडियोमा अभिनेता करण मात्र फिचर्ड छन् ।
उनको सुगठित शरीरलाई विशेष ध्यानमा राखेर फस्टलुक तयार पारिएको छ । उनी एङग्री लुक्समा प्रस्तुत छन् । फिल्म एक्सन प्याक्ड रहेको फस्टलुक भिडियो बोल्छ । करण ‘मिस्टर इन्डिया २०१७’ का विजेता हुन् ।
जय राज रायले निर्माण गरेको फिल्मलाई देव कुमार श्रेष्ठले निर्देशन गरेका हुन् । नेपाल र भारतको सिमा क्षेत्रमा हुने घटनामा बनेको उक्त फिल्मलाई रामेश्वर कार्कीले छायांकन गरेका छन् । मंसिर ७ गतेलाई प्रदर्शन मिति तय गरिएको फिल्ममा अष्ट महर्जनको द्वन्द्व छ ।
जय मिडिया म्यानेजमेन्ट प्रा.लि.को ब्यानरमा बनेको ‘दि कर्मा’ को कथा निर्माता राय आँफैले लेखेका हुन् । निशा खतिवडा निर्मात्रीको रुपमा रहेको फिल्मको छायांकन नेपालको तराई क्षेत्रमा भएको हो ।
नीता ढुंगाना, परमिता राज्यलक्ष्मी राणा, बुद्दी तामाङ्ग, देव कुमार श्रेष्ठ, अनुप सक्सेना, संगीता नापितलगायतका कलाकारहरुको अभिनय रहेको फिल्ममा कोशिश क्षेत्री, मानस थापा र अंकित बाबु अधिकारीको संगीत छ ।
फिल्मका गीतमा रामजी लामिछानेको कोरियोग्राफी छ । काठमाडौंमा काफिया फिल्मस् र उपत्यका बाहिर बैङकेटेश ईन्टरटेन्मेन्टले वितरण गर्ने ‘दि कर्मा’ को स्क्रिनप्ले र डाइलग शुशील पोखरेलको हो ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु