कट्रिनाको विवाहको दिन सलमान भारतमै नबस्ने तयारी गर्दै

म्यूजिक खबर
प्रकाशित: २० मंसिर २०७८, सोमबार

एजेन्सी । कुनैबेला आफ्नो निकटतम साथी रहेकी अभिनेत्री कट्रिना केफको विवाहमा नजान सलमान खानले पूर्ण तयारी गरेका छन्। जसै केटरिना केफ र विक्की कौशलको विवाहको शुरुवात हुनेछ,सलमान भारत नै छोडेर गइसकेका हुनेछन्।

सलमान मात्र होइन उनका करीबी धेरै कलाकार यो हप्ता भारत छोडर विदेशमा एक विशेष कार्यक्रम गर्न गइरहेका छन्। उनी १० डिसेम्बरमा रियादमा हुन गइरहेको एक विशेष शो ‘दबंग स् द टुर रिलोडेड’का लागि जान लागेका हुन्।

सलमानका करीबी सुत्रले बताए कि जसै केटरिना केफ र विक्की कौशलको विवाहको तारीख पक्का भयो, सलमानले उक्त कार्यक्रमका लागि पनि हरियो झण्डा देखाए। उनले जानेरै सो दिन र त्यसको अगाडी र पछाडीका दिनहरू भारतमा नबस्ने निर्णय लिएका हुन्।

किनभने उनी केटरिना केफको विवाहदेखि टाढा रहन चाहन्छन्। सलमानले विवाहमा निमन्त्रणा पाएको नपाएको बारे भने केहि बताएका छैनन्।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु