• केकी र आर्जनको ‘झिमिक्क परेली’ भएपछि केमेष्ट्रीको चर्चा हेर्नुहोस् भिडियो

    म्यूजिक खबर
    प्रकाशित: ९ फाल्गुन २०७५, बिहीबार

    काठमाडौं । पछिल्लो सञ्चारमाध्यममा अभिनेत्री केकी अधिकारी र गायक आर्जन पाण्डेको नाम जोडिने गरेको छ । यतिबेला यी दुईको ‘झिमिक्क परेली’ को चर्चा भएको छ ।
    गायक आर्जन पाण्डेले अघिल्लो वर्ष गायिका इन्दिरा जोशीसंग यूगल गायन गरेको गीत ‘रेलिमाइ’ मा केकीले अभिनय गरेकी थिइन् । सो भिडियोको प्रचारप्रसारमा केकी आफैं खटिएकी थिइन् । आफ्ना सोसल साइटमार्फत केकीले ती भिडियोहरु शेयर गर्दै शुभकामना दिएकी थिइन् ।

    अहिले आएर गायक पाण्डेले रेलिमाइ…कै सिक्वेलको रुपमा ‘झिमिक्क परेली’ शीर्षकको गीत गाएका छन् । गायिका मेलिना राईसंग यूगल गायन गरिएको उक्त गीतको म्युजिक भिडियोले कम समयमै दर्शक तथा स्रँेताको मन जितेको छ । चलचित्र कोहलपुर एक्सप्रेस निर्देशन गरिसकेका विशाल भण्डारीले आर्जनको नयाँ गीतको भिडियो निर्देशन गरेका छन्, जसमा उनले आर्जन र केकीलाई नै जोडी बनाएका छन् । फिल्मी शैलीमा निर्माण गरिएको उक्त भिडियो चलनचल्तीका भिडियोभन्दा केही पृथक छ । अर्जुन तिवारी र उनको समुहले छायांकन गरेको उक्त भिडियोलाई प्रविण श्रेष्ठले सम्पादन गरेका हुन् ।


    मिलनको मायामा केकी अधिकारी

    फेसबुक प्रतिक्रिया
    सम्बन्धित शीर्षकहरु