चलचित्र विकास बोर्डका अध्यक्ष केशव भट्टराईको असामयिक निधन

म्यूजिक खबर
प्रकाशित: २९ मंसिर २०७६, आईतवार
Keshab Bhattarai

काठमाडौं । चलचित्र विकाश बोर्डका अध्यक्ष केशब भट्टराईको आईतबार बेलुका ५३ वर्षको उमेरमा असामयिक निधन भएको छ । अध्यक्ष भट्टराई बेलुका मन्त्रालयको भेटघाट सकेर साँझ ७ बजे चलचित्र विकाश बोर्डका सदस्य एवम् निर्माता वितरक नरेन्द्र महर्जनको घर किर्तीपुरमा पारिवारिक भेटघाटका लागि गएका थिए । सो भेटघाट सकेर बेलुका ९ बजेतिर घरफर्कने क्रममा बाटोमा अध्यक्ष भट्टराईलाई अप्ठेरो महसुस भयो । त्यसपछि उनका ड्राईभर र छोराले अस्पताल लैजाने क्रममा ओम अस्पताल चावहिल पुर्याउँदै गर्दा बाटोमै निधन भएको हो ।

उनको उपचारमा संलग्न चिकित्सकहरुले अध्यक्ष भट्टराईलाई अस्पताल ल्याउँदा निधन भईसकेको बताएका छन् । अस्पताल ल्याउनु अघि नै उहाँको निधन भईसकेको परीक्षणमा संलग्न चिकित्सकहरुले जनाएका छन् ।

बिगत डेढ दशकदेखि उच्च रक्तचापको औषधी सेवन गर्दै आएका अध्यक्ष भट्टराईको निधन हृदयघातका कारण हुनेसक्ने अनुमान परिवारको छ । चिसोमा उच्च रक्तचापले दुःख दिने भएकाले उच्च रक्तचापको अनुमान गरिएको हो । भट्टराईको पार्थिव शरीरलाई आईसमा राख्न त्रिविवि शिक्षण अस्पतालमा आईतबार राती २ बजेपछि लागिएको छ ।

चलचित्र विकाश बोर्डका सदस्यसचिब महेन्द्र शाँखी र बोर्ड सदस्य दयाराम दाहालले अध्यक्ष भट्टराईको श्रद्धाञ्जली लगायतका कार्यक्रमबारे बोर्डले सोमबार बिहान निर्णय गर्ने बताए । दिवँगत भट्टराईको परिवारमा श्रीमती र एक छोरा छन् ।
२०४५ तिर तुलसी घिमिरेको चलचित्र कोसेलीबाट अभिनय यात्रा सुरु गरेका उनले पाँच दर्जन भन्दा बढी चलचित्रमा अभिनेता तथा चरित्र अभिनेता भएर काम गरिसकेका थिए । सफल नेपाली चलचित्र आफन्त, आफ्नो मान्छेका निर्माता भट्टराईले पहुना, छोडी गए पाप लाग्ला, सो सिम्पाल, ब्रास्लेट, यात्रा जस्ता चलचित्र निर्माण गरेका थिए । बिगत ८ महिनादेखि चलचित्र विकाश बोर्डका अध्यक्ष रहेको भट्टराई यस अघि नेपाल चलचित्र निर्माता संघका बरिष्ट उपाध्यक्ष थिए ।

नेपाल विधुत प्राधिकरणमा दुई दशक भन्दा लामो सेवा गरेका भट्टराईले बोर्ड अध्यक्ष भएपछि ८ महिना अघि प्राधिकरणबाट अबकास लिएका थिए । उनी अहिले राष्ट्रिय चलचित्र ऐनको निर्माणमा सक्रिए थिए । आगामी माघको अन्तिम साता भैरहवामा आयोजना गरिने राष्ट्रिय चलचित्र महोत्सब, चलचित्र सँग्राहलय भवन निर्माण र सँग्राहलय स्थापना, चलचित्र छायाँकनका भक्तपुरमा इन्डोर छायाँकन स्टुडियो सहित विभिन्न योजनामा व्यस्त थिए । चलचित्र पत्रकार संघ मकवानपुरको अन्तरक्रिया कार्यक्रमका लागि सोमबार त्यहाँ जाने र त्यसपछि मँगलबार महोत्सबको थप कार्यका लागि भैरहवा जाने तयारीमा रहेका थिए ।

म्यूजिक खबर परिवार बरिष्ट कलाकार केशब भट्टराई प्रति हार्दिक श्रद्धाञ्जली व्यक्त गर्दै शोक सन्तप्त परिवारप्रति हार्दिक समवेदना प्रकट गर्दछ ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु