केशवको ‘ताप्लेजुङको पाथीभरा’ सार्वजनिक (भडियोसहित)

म्यूजिक खबर
प्रकाशित: १७ असार २०७६, मंगलवार

केशव राई ‘ताप्लेजुङको पाथीभरा’बोलको गीत लिएर स्रोता÷दर्शकमाझ आएका छन् । राजु आङ्देम्बेद्वारा सङ्गीतबद्ध गीतमा उनलाई गायिका जुनी खालिङ राईले सघाएकी छिन् । पूर्वी पहाडी जिल्ला खोटाङमा जन्मिएका गायक केशव राई विगत दुई दशकदेखि गीत–सङ्गीत क्षेत्रमा क्रियाशील रहँदैआएका छन् । कर्मको सिलसिलामा हाल मकाउमा बस्ने उनी आफू जहाँ रहेता पनि आफ्नो माटो, कला र संस्कृतिलाई कहिल्यै भुल्न नसक्ने बताउँछन् । छोटो समयको लागि यसबेला मातृभूमिका रहेका केशवले एक दर्जन गीत रेकर्ड गराउन भ्याइसकेका छन् ।‘ताप्लेजुङको पाथीभरा’को गीतको भिडियो उनको आफ्नै युटुब च्यानलबाट सार्वजनिक भएको हो ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु