विकास बोर्डको अध्यक्षमा केशव भट्टराईको नियुक्ति

म्यूजिक खबर
प्रकाशित: ७ चैत्र २०७५, बिहीबार

काठमाडौं । चलचित्र विकास बोर्डको अध्यक्षमा चलचित्रकर्मी केशव भट्टराई नियुक्त भएका छन् । चैत ४ गते बसेको मन्त्रिपषिद् बैठकले भट्टराईलाई बोर्डको अध्यक्षमा नियुक्त गर्ने निर्णय गरेको हो ।
निकिताले राजिनामा दिएपछि सरकारले चलचित्र विकास बोर्डको अध्यक्षका लागि खुल्ला प्रतिस्पर्धाबाट आवेदन माग गरेको थियो । भट्टराईसँगै अध्यक्ष पदका लागि सुचित्रा श्रेष्ठ, नरेश कुमार केसी, योगेश घिमिरेलगायतले दर्खास्त दिएका थिए ।

सरकारका प्रवक्ता समेत रहेका सञ्चार प्रविधि तथा सूचना मन्त्री गोकुल बास्कोटाले बिहिबारको नियमित पत्रकार सम्मेलनमार्फत सो निर्णय सार्वजनिक गरेका हुन् ।भट्टराई नेपाली चलचित्र क्षेत्रका पूराना कलाकार तथा निर्माता हुन् । उनले आफ्नो मान्छे, कर्मयोद्धा, ब्रासलेट, सो सिम्पल लगायत आधा दर्जनभन्दा बढि फिल्म निर्माण गरेका छन् ।

उनले निर्माण गरेको पछिल्लो फिल्म यात्राः अ म्यूजिकल भल्ग प्रदर्शनको तयारीमा रहेको छ । यस अघिकी अध्यक्ष निकिता पौडेलले राजीनामा दिएपछि बोर्डको अध्यक्ष पद रिक्त थियो । त्यसपछि पौडेलले माघ २२ गते मन्त्री समक्ष राजीनामा बुझाएर सामाजिक सञ्जाल फेसबुकमार्फत सार्वजनिक गरेकी थिइन् । गत माघ २० गते मन्त्रालयको आन्तरिक बैठकमा पौडेल अनुपस्थित बनेपछि मन्त्री बास्कोटाले कारवाही गर्ने चेतावनी दिएका थिए ।

२ वर्षका लागि बोर्ड अध्यक्षमा नियुक्त भएका भट्टराई नेपाल चलचित्र निर्माता संघका वरिष्ठ उपाध्यक्ष एवं जनपक्षीय चलचित्रकर्मी संघका अध्यक्ष समेत हुन् ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु